बेमौसमी वर्षाले रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

23
Share
Featured
  • बेमौसमी वर्षाले रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबाली नष्ट भएको छ, करिब १३९ मेट्रिक टन धान क्षति र ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक घाटा पुगेको प्रारम्भिक विवरण छ।
  • सबैभन्दा बढी क्षति खाँडादेवी र लिखुतामाकोशी गाउँपालिकामा भएको छ, जबकि सुनापति गाउँपालिकामा धानबाली सुरक्षित रहेको छ।
  • प्रदेश सरकारले किसानलाई राहत स्वरूप २० हेक्टरमा ३० हजार रुपैयाँको दरले सहायता उपलब्ध गराउने तयारी गरिरहेको छ, र कृषक पहिचान तथा राहत वितरण प्रक्रिया अन्तिम चरणमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बेमौसमी वर्षाले रामेछाप जिल्लामा ८७ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा ठुलो क्षति पु-याएको छ । वर्षाले खेतमा पानी जम्दा काटिएको धान बाली नष्ट हुँदा किसानले नोक्सानी बेहोर्नु परेको छ । 

कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ‘यसबाट किसानलाई करिब ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको अनुमान गरेका छौँ’, उनले भने । 

सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ। सो पालिकामा ६२ हेक्टर क्षेत्रमा लगाइएको धानमध्ये ११४ मेट्रिक टन बाली नष्ट भइ किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको दाहालले जानकारी दिए । 

त्यसैगरी लिखुतामाकोशी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ ।

रामेछापमा रहेका ८ वटा स्थानीय तहमध्ये सुनापती गाउँपालिकामा धानबालीमा कुनै क्षति नपुगेको भए पनि बाँकी  अन्य २ नगरपालिका र ३ गाउँपालिकामा करिब ३० हेक्टर क्षेत्रफलमा धानबाली क्षति भएको प्रारम्भिक विवरण कार्यालयले सङ्कलन गरेको छ ।

प्रमुख दाहालका अनुसार क्षतिको विस्तृत विवरण बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । प्रदेश सरकारले किसानलाई राहतस्वरूप २० हेक्टर बराबरमा ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । अहिले क्षतिग्रस्त कृषकको पहिचान भइरहेको र राहत वितरणका लागि तयारी भइरहेको उनले जानकारी दिए । 

रामेछापमा कुल ८ हजार ६ सय १५ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यस वर्ष सो क्षेत्रफलको करिब ९५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयका तथ्याङ्कले देखाउँछ ।

स्थानीय किसानहरूका अनुसार बेमौसमी वर्षाले खेतमा काटेको मात्र होइन काट्न नपाएको धान ढल्ने, कुहिने लगायतको समस्या देखिएको छ । उनीहरूले प्रदेश सरकारसँग राहत तत्काल उपलब्ध गराइदिन माग गरेका छन् । 

कृषि विकास कार्यालय रामेछापले किसानहरूको क्षति मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको र राहतका लागि प्रस्ताव छिट्टै पठाइने जनाएको छ ।

यो समाचारमा

बागमती प्रदेशरामेछापकाठमाडौँसुनापती गाउँपालिका
खाँडादेवी गाउँपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य पनि

    Data is loading...

    Loading brands...

    Loading footer...