हेटौंडामा सवारी दुर्घटना, मानवीय क्षति भएन्

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

13
Share
Featured

काठमाडौँ

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ हनुमान गेट नजिक आज(शनिबार) बिहान सवारी दुर्घटना भएको छ ।

बीरगञ्जतर्फबाट आउँदै गरेको टाटा सुमो नं. ज.१ज.२८३ अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको निजी गाडी बागमती प्रदेश ३–०३१च ८६९१ सँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ठक्करपछि निजी गाडी सडक छेउको घाँसे भागमा पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुबै सवारीका चालक तथा सवार व्यक्ति भने सकुशल रहेको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुबै गाडीमा सामान्यदेखि बढी क्षति पुगेको छ । उनीहरूको उद्धार स्थानीय बासिन्दा, पशुपतिनगरी इलाका प्रहरी कार्यालयका प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा गरेका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनाका कारण केही समय सवारी आवागमन प्रभावित भए पनि अहिले सडक सुचारु भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो समाचारमा

बागमती प्रदेशकाठमाडौँमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...