सामाजिक सेवा र नेतृत्व विकासमा लायन्स क्लबको भूमिका उल्लेख्य

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

14
Share
Featured
  • लायन्स क्लबका अगुवाहरूले सामाजिक सेवा र नेतृत्व विकासमा देशभरका क्लबहरूको उल्लेखनीय योगदान रहेको बताउँदै परोपकारी कार्यमा सक्रियता बढिरहेको जनाए।
  • कार्यक्रमका वक्ताहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा लायन्स क्लबको प्रभाव उल्लेख गर्दै छात्रवृत्ति कोषमार्फत १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन र आँखा अस्पताल सञ्चालन जस्ता उपलब्धि साझा गरे।
  • कार्यक्रममा लायन योगेन्द्र रुम्बाले २०२५–२६ का नयाँ पदाधिकारीहरूको नाम घोषणा गर्दै केशव लोचन शर्मालाई क्लब अध्यक्ष बनाइएको र नयाँ नेतृत्वले सेवा कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको उल्लेख गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

परोपकारी संस्था लायन्स क्लबका अगुवाहरुले सामाजिक सेवा र नेतृत्व विकासमा देशभरका क्लबहरुको भूमिका उल्लेख्य रहेको बताएका छन् ।

 देशभर फैलिएका विभिन्न क्लबहरुले समाज विकास र परोपकारी काममा सक्रियता जनाएको पनि उल्लेख गरे । 

लायन्स क्लब अफ काठमाडौं, लियो क्लब अफ काठमाडौं मीनभवन र लियो क्लब अफ काठमाडौं सिस्टको नयाँ कार्य समितिको पदभार ग्रहण तथा परिचयात्मक कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंका निवर्तमान अध्यक्ष लायन गोविन्द प्रसाद गौतमले सामाजिक सेवा र नेतृत्व विकासमा क्लबहरुले अब्बल भूमिका निर्वाह गरिरहेको बताए ।

लायन नरेश खड्काले निस्वार्थ सेवा नै सार्थक जीवनको आधार भएको उल्लेख गर्दै क्लबले शैक्षिक क्षेत्रमा पनि उल्लेख्य उपलब्धी हासिल गरेको बताए । उनले लायन्स क्लब अफ काठमाडौंमार्फत शैक्षिक छात्रबृत्ति कोषमार्फत हालसम्म १३ लाख रुपैंयाँ बढी जम्मा गरिसकेको जनाए ।

लायन श्याम बहादुर श्रेष्ठले फाउन्डेसन स्थापना गरेर थप सेवा गरिरहेको बताए । ५३ बर्ष पूरा गरिसकेको लायन्स क्लब अफ काठमाडौंले वानेश्वरमा आफ्नै भवन स्थापना गरिसकेको र लायन आँखा अस्पताल समेत संचालनमा राखेको जनाइएको छ । सो अवसरमा लायन योगेन्द्र रुम्बाले बर्ष २०२५–२६ को क्लब अफिसर बोर्ड डाइरेक्टर गठनका लागि जिम्मेवारी पाएको जनाउँदै पदभार ग्रहण गरिने पदाधिकारीहरुको नाम वाचन गरे । उनले क्लब अध्यक्षमा केशव लोचन शर्माको नाम सुनाए । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...