हङकङ सिक्सेस: नेपालको भारतमाथि ९२ रनको शानदार जित

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

19
Share
Featured
  • हङकङ सिक्सेसअन्तर्गत बाउल लिगमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ।
  • नेपालले ६ ओभरमा बिनाविकेट १३७ रन बनायो, जहाँ राशिद खानले १७ बलमा ५५ रनको धमाकेदार पारी खेले।
  • भारत ३ ओभरमै ४५ रनमा अलआउट भयो; नेपालका राशिद खानले ३ विकेट लिए।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

हङकङ सिक्सेसअन्तर्गत बाउल लिगमा नेपालले भारतविरुद्ध ९२ रनको प्रभावशाली जित निकालेको छ। यस खेलमा पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा बिनाविकेट १३७ रनको विशाल योगफल खडा गरेको थियो।

नेपालका लागि राशिद खानले १७ बलमा ६ छक्का र चार चौकासहित ५५ रनको विस्फोटक पारी खेले। सन्दीप जोराले १२ बलमा पाँच छक्का र चार चौकाको सहयोगमा ४७ रन जोडे भने लोकेश बमले सात बलमा चार छक्का र एक चौकाको मद्दतमा अविजित ३१ रन बनाए।

१३८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारत तीन ओभरमा ४५ रनमै अलआउट भयो। भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले सर्वाधिक १२ रन जोडे। नेपालका लागि राशिद खानले तीन, बसिर अहमदले दुई तथा रुपेश सिंहले एक विकेट लिए।

यो समाचारमा

काठमाडौँभारतनेपाल

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...