उपचारका क्रममा नेपाली कांग्रेसका नेता अफताब आलमको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

18
Share
Featured
  • नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको हृदयघातका कारण काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा ६३ वर्षको उमेरमा मृत्यु भएको छ
  • उनलाई केही दिनअघि भेन्टिलेटरमा राखिएको थियो, र अन्तिम संस्कारका लागि शव रौतहटको राजपुर लगिएको छ।
  • २०६४ सालको बम विस्फोट प्रकरणमा आलममाथि जन्मकैदको सजाय सुनाइएको थियो, तर उच्च अदालतले सफाइ दिएको र मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हृदयघातको समस्या देखिएपछि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत आलमको शनिबार राति २ बजेर ५८ मिनेटमा मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आलमको मृत्युको पुष्टि गरेका छन्। ६३ वर्षीय आलमलाई केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

आलमको शव अन्तिम संस्कारका लागि रौतहटको राजपुरतर्फ लगिएको प्रहरीले जनाएको छ। गत जेठमा नक्खु कारागारबाट रिहा भएको केही समयमै उनलाई ब्रेन स्ट्रोक भएको थियो। पछिल्लो समय मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको तयारीका क्रममा भएको बम विस्फोटमा घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप आलममाथि लागेको थियो। सो प्रकरणमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालत जनकपुरले उक्त फैसला उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो।

उच्च अदालतको फैसलाविरुद्ध मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भइसकेको र अहिले पनि विचाराधीन रहेको छ। आलम नेपाली कांग्रेस रौतहटका प्रभावशाली नेता मानिन्थे।

यो समाचारमा

मोहम्मद अफताब आलमरौतहटसर्वोच्च अदालतकाठमाडौँ
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...