काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की साभामुख अप्सरा चापागाईंले भदौ २३ र २४ को आन्दोलनले पुर्याएको क्षतिबारे विस्तृत रुपमा छलफल भएको बताएकी छन् ।
शुक्रबार प्रदेशसभाका सभामुखहरुले गरेको छलफलबारे जानकारी दिँदै उनले भदौ २३ र २४ को आन्दोलनले पुर्याएको क्षतिसँगै प्रदेशसभालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा छलफल भएको बताइन् ।
उनले प्रदेश सभामा व्यवस्थित तरिकाले प्रदेश सभाहरु सञ्चालन गर्ने, विधेयकहरुलाई अगाडि बढाउने, प्रदेश सभामा भएका दैनिक क्रियाकलापहरु सबै बसेर छलफल गर्ने कुरा बैठकमा उठेको समेत बताइन् ।
‘हाम्रो सभा अहिले सबै प्रदेशसभाहरुलाई व्यवस्थित रुपमा लैजाने, प्रदेश सभामा यो जुन भदौ २३ र २४ को आन्दोलनले कति क्षति पुर्याएको छ भनेर विस्तृत रुपमा छलफल भएको हो । अब प्रदेश सभामा व्यवस्थित तरिकाले प्रदेश सभाहरु सञ्चालन गर्ने, विधेयकहरुलाई अगाडि बढाउने, प्रदेश सभामा भएका दैनिक क्रियाकलापहरु सबै बसेर छलफल गर्ने कुरा आएको हो ।’उनले भनिन् ।