मिसइनफर्मेशनलाई रोक्न अत्यन्त जरुरी छ : अर्थमन्त्री खनाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

12
Share
Featured
  • अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले मिसइनफर्मेशन र डिसइनफर्मेशन (गलत तथा भ्रामक सूचना) रोक्नु अहिलेको पहिलो आवश्यकता भएको धारणा व्यक्त गरेका छन् र यसको दीर्घकालीन प्रभाव नकारात्मक हुने चेतावनी दिएका छन्।
  • उनले गलत सूचना प्रवाहका कारण विगतका आन्दोलनहरूमा सार्वजनिक र निजी सम्पत्तिको नाश भएको उदाहरण प्रस्तुत गर्दै यस्तो सूचना नियन्त्रण गर्न सबैले पहल गर्नुपर्ने बताए।
  • मन्त्री खनालले मुलुकको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए र भन्सार प्रक्रियालाई सहज बनाउन अनलाइन मूल्यांकन प्रणाली लागू गरिएको जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले मिसइनफर्मेशन र डिसइनफर्मेशन गलत तथा भ्रामक सुचनालाई रोक्नु आजको पहिलो आवश्यकता भएको धारणा व्यक्त गरेका छन् । 

बढ्दो गलत तथा भ्रामक सूचनाका कारण विगतमा ठूला ठूला घटना भएका उदाहरण प्रस्तुत गर्दै उनले मिसइनफर्मेशन र डिसइनफर्मेशनलाई कठोरताका साथ नियन्त्रण गर्न सबैले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

गलत सुचना प्रवाहकै कारण अघिल्ला आन्दोलनहरूमा सार्वजनिक मात्र नभई निजी सम्पत्तिसमेत नष्ट भएको उल्लेख गर्दै मन्त्री खनालले अब पनि यस्ता सूचनाहरूलाई रोक्न नसकिए यसको दीर्घकालीन प्रभाव अझ नकारात्मक हुने चेतावनी दिए ।

वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार वीरगन्जमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकको दिगो विकासका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको जानकारी दिए ।

उनले मुलुकमा वैध व्यापार फस्टाउँदै जाओस् र अवैध व्यापारमा रोक लागोस् भन्ने सोचका साथ सरकारले आफ्ना काम–कारबाही अगाडि बढाइरहेको बताए ।

भन्सार कार्यालयमा हुने प्रक्रियागत झन्झटलाई कम गरी व्यापारीलाई मालसामान भित्र्याउन सहजता प्रदान गर्न सरकारले देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली लागू गरेको जानकारी पनि उनले दिए ।

विदेशबाट मालसामान आयात गर्दा मूल्यांकनमा समस्या भएको व्यापारीहरूको गुनासो सम्बोधन र व्यापार सहजीकरणका लागि अनलाइन मूल्यांकन प्रणाली सुरु गरिएको उनले स्पष्ट पारे ।

कार्यक्रम वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा सहभागी उद्योगपति तथा व्यापारीहरूले आयात–निर्यातमा देखिएका विभिन्न कानुनी अड्चनहरूका विषयमा अर्थमन्त्रीलाई अवगत गराएका थिए ।

यो समाचारमा

काठमाडौँरामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...