२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

19
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईंको कार्य सुरुवात गरेका छन् र आगामी ६ महिनाभित्र ३० लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको बताएका छन्।
  • उनले २८–३० लाख नागरिक अझै लाइसेन्स नपाएर कागज बोकेर हिँड्न बाध्य भएको अवस्थामा यसको अन्त्यको सुरुवात आजबाट भएको र केन्द्रले तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने क्षमता भएको बताएका छन्।
  • खरेलले केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, हुलाक टिकट र विभिन्न स्टिकर छाप्न सकिने उल्लेख गर्दै, चुस्त र पारदर्शी प्रक्रिया अपनाएर ६ महिनामा २०–२५ लाख लाइसेन्स छाप्न सकिने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेपलान्चोकको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्य सुरु गरेका छन् । 

शुक्रबार केन्द्रमा पुगेर उनले चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्यको सुरू गर्दै उनले यो ६ महिनाभित्र ३० लाख नै लाइसेन्स छाप्ने चाहाना रहेको बताएका छन् । 

उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र देशलाई कमाई गरेर दिन सक्ने ठाँउ हो, यहाँबाट कमाई हुन्छ । यो ६ महिनाभित्र हाम्रो चाहाना ३० लाख नै लाइसेन्स छापौँ भन्ने छ ।’

यस्तै, उनले आजको दिनसम्म २८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य भएको भन्दै त्यसको अन्त्यको सुरुवात आजबाट भएको बताए ।  

उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रबाट अब लाइसेन्स भएपनि छापेर अगाडि बढ्नुपर्यो । किनभने आजको दिनमा २८ देखि ३० लाख लाइसेन्स जनतालाई दिनु पर्ने छ र त्यो मध्ये अहिले पनि २८, ३० लाख लाइसेन्स नपाएका मान्छेहरु कागजको चिरकटो बोकेर हिन्नुपर्ने अवस्था छ । सुशासन भनेको आज ट्रायल दिएर भोली लाइसेन्स पाउन सकियो भने हो नि त्यो क्षमता हामीसँग छ कि छैन भन्दा अहिले हामी त्यो काम गर्न सक्ने क्षमता राख्छौँ । त्यसकारण आज त्यसको सुरुवात भएको छ ।’

केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राखेको भन्दै खरिद प्रक्रियालाई चुस्त र पारदर्शि भए ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्ने उनको भनाई छ ।

उनले भने, ‘केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राख्नु भएको छ र खरिद प्रक्रियालाई चुस्त र पारदर्शि बनाएर जाने हो भने ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्छौँ । यति धेरै वर्षको अवधिमा ३० लाख लाइसेन्स नछापि रहेको अवस्थामा हामीसँग मेसिन छ, क्षमता छ केही बजेट व्यवस्था गरेर छाप्न सकिन्छ भने किन नगर्ने भनेर हामी लागेका छौँ ।’

केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ ।

यो समाचारमा

काभ्रेपलान्चोककाठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...