पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता छ : दिनेश डिसी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

22
Share
Featured
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी) ले पत्रकारितामा विषयगत, जिम्मेवार र मर्यादित प्रश्नहरूको आवश्यकता रहेको भन्दै मिडियाको संख्यामा वृद्धि सँगै गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्।
  • उनले विवादित विषयलाई मात्र हेडलाइन बनाउने प्रवृत्ति पत्रकारिताको मर्यादाविपरीत भएको उल्लेख गर्दै, पत्रकारले कार्यक्रमको उद्देश्यअनुसार प्रश्न सोध्नुपर्ने सुझाव दिएका छन्।
  • अध्यक्ष दाहालले चलचित्र पत्रकारिताको विकासका लागि व्यावसायिकता, आत्मविश्वास र आपसी सहकार्य अपरिहार्य रहेको बताउँदै युवा पत्रकारहरूलाई प्रतिस्पर्धात्मक रूपमा अघि बढ्न प्रेरित गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सीले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन् ।

‘चलचित्र पत्रकार (इतिहासदेखि वर्तमानसम्म २०८२)’ पुस्तक लोकार्पण समारोह तथा ‘चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी’ शीर्षक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले मिडियाको संख्या अत्यधिक बढेको बताए । 

उनले भने, ‘अहिले मिडियाहरु धेरै भइसकेका छन् । पत्रकार साथीहरुका प्रश्न पनि अनेकथरि छन् । म सयवटा विषयमा दिनभर बोल्नसक्छु तर विषय के हो भन्नेमा केन्द्रित भएर प्रश्न सोध्दा राम्रो हुन्छ ।’

उनले पत्रकारले कार्यक्रमको उद्देश्य र विषयअनुसार प्रश्न सोध्नु पत्रकारिताको मर्यादाका लागि आवश्यक हुने बताए । ‘एउटा विवादित कुरा आयो भने सबै समाचारको हेडलाइन त्यही हुन्छ,’ उनले भने, ‘हामी एउटै क्षेत्रका हौं । कलाकारको विवादले फाइदा हुन्छ भने ठिक छ तर यस्ता कुरा युट्युबका लागि ठिक होला, पत्रकारिताका लागि होइन ।’

अध्यक्ष दाहालले वर्तमान पत्रकारितामा प्रतिस्पर्धा तीव्र भएको उल्लेख गर्दै युवा पत्रकारलाई आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए । 

उनले भने, ‘पहिला पहिला अरु पत्रकार अलपत्रकार जस्तै हुन्थे । पत्रिकामा गयो यो त टेलिभिजनको कलाकार भन्ने, टेलिभिजनमा गए सिनेमाको भन्ने, सिनेमामा गए रेडियोको हो भन्ने, रेडियोमा गए यो पत्रकार हो र भन्ने । यस्तो अवस्था पनि रहँदो रहेछ । अहिलेको पत्रकारले जित्नुपर्छ ।’

उनले नेपाली चलचित्र पत्रकारिताको विकासका लागि व्यावसायिकता र आपसी सहकार्य अपरिहार्य रहेको पनि बताए ।


यो समाचारमा

चलचित्र विकास बोर्डदिनेश डी.सीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...