बडीमालिकामा १० शैयाको अस्पताल निर्माण धमाधम, ८५ प्रतिशत भौतिक प्रगति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

27
Share
Featured

काठमाडौँ

बाजुराको बडिमालिका नगरपालिका वडा.नम्बर ७ चुथीमा निर्माण भइरहेको १० शैया अस्पतालको काम हाल तीव्र गतिमा अगाडि बढिरहेको छ । हालसम्म निर्माण कार्यको करिब ८५ प्रतिशत प्रगति पूरा भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि सारेको ‘एक पालिका, एक अस्पताल’ योजनाअन्तर्गत निर्माण भइरहेको अस्पतालको ठेक्का सम्झौता २०७८ जेठ ५ मा करिब ८ करोड ८७ लाख २६ हजार २ सय १८ रुपैयाँ ६८ पैसामा राजेन्द्र डि.वि.जे.भी. निर्माण सेवासँग सम्झौता भएको थियो । 

नेपाल सरकार अर्थ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त अस्पतालको कार्य अहिले धमाधम जारी छ । निर्माण सम्झौता भएको १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्धारित समयसीमा नपुगेपछि आगामी चार महिना भित्र सम्पूर्ण कार्य सक्ने योजना निर्माण सेवाको छ । 

जग्गा विवादका कारण ठेक्का सम्झौता भएको करिब सात महिना पश्चात् काम सूचारु गरेर अहिले करिक ८५ प्रतिशत काम पूरा भएको राजेन्द्र डि.वि.जे.भी. निर्माण सेवाका प्रतिनिधि दिपक जैशीले बताए ।

उनका अनुसार बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा ढिलाई भए पनि अबको करिब तिन महिना भित्र सम्पुर्ण काम सम्पन्न गरिसक्ने बताएका छन् । 

अस्पतालको झ्याल ढोका र कलरिङको कार्य बाँकी रहेको छ । २०७८ मा तत्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा १० शैया बराबर अस्पताल निर्माण गर्ने योजना बनाएको थियो ।

बाजुराका अन्य ६ वटा स्थानीय तहमा १० सैया अस्पताल निर्माण गर्न नसकिएको भए पनि जगन्नाथ गाउँपालिकामा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।

यो समाचारमा

काठमाडौँजगन्नाथ गाउँपालिकाबाजुराखड्गप्रसाद शर्मा ओली
बडिमालिका नगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...