प्रधानमन्त्री कार्की-‘निर्वाचन एकदम शान्तिपूर्ण, भयरहित र स्वच्छ हुनेछ’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

10
Share
Featured
  •  प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वच्छ हुने सरकारको प्रतिबद्धता दोहोर्याइन्।
  • आन्फ्रेल प्रतिनिधिमण्डल र निर्वाचन पर्यवेक्षकहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त गरे र युवा मतदातामा देखिएको उत्साहको सन्तुष्टि व्यक्त गरे।
  • सरकारले फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सञ्चालन गर्न तयारी तीव्र पारेको छ, र नागरिक समाज तथा पर्यवेक्षकको भूमिका महत्वपूर्ण रहेको देखाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वच्छ तरिकाले सञ्चालन हुने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन्। प्रधानमन्त्री कार्कीले यो प्रतिबद्धता थाइल्यान्डको बैंककस्थित द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा व्यक्त गरेकी हुन्। आन्फ्रेल टोली नेपालमा निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौं आएको हो। टोलीको नेतृत्व सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसले गरेका छन्।

प्रतिनिधिमण्डलका सदस्यहरूले भने, “लामो समय न्यायाधीश र प्रधानन्यायाधीशको अनुभव भएको व्यक्तिको नेतृत्वमा सरकार भएकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेमा हामी विश्वस्त छौँ। यसले लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउनेछ।”
प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थितिबाट निर्वाचन सुरु भइसकेको जस्तो अनुभूति प्राप्त भएको प्रतिक्रिया दिएकी छन्। उनले भनिन्, “हाम्रो मुख्य उद्देश्य निर्वाचन गराउनु हो र त्यसमा केन्द्रित छौँ। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको भूमिका पनि महत्वपूर्ण छ। यहाँहरूको उपस्थितिले हामीलाई प्रेरित गरेको छ।”

यस अवसरमा, आन्फ्रेल प्रतिनिधिहरूसँगै नेपालका निर्वाचन पर्यवेक्षकहरूको सञ्जाल (नियोक) का पदाधिकारी र सदस्य पनि उपस्थित थिए। उनीहरूले यसपालि पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा देखिएको उत्साहप्रति सन्तुष्टि व्यक्त गर्दै मतदाता शिक्षामा विशेष जोड दिन सुझाव दिएका छन्। सरकारले आगामी फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन तयारी तीव्र पारेको छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीथाइल्यान्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...