ओलीको चेतावनी: प्रतिनिधि सभा पुनःस्थापनाका लागि देशभर आन्दोलन हुने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

19
Share
Featured
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन भएको दाबी गर्दै यसको पुनःस्थापनाको लागि देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
  • उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानविपरीत कार्य गरेको आरोप लगाउँदै सरकारको विघटन सिफारिस गर्ने नैसर्गिक हैसियत नभएको बताएका छन्।
  • मुलुकमा शान्ति र सुरक्षाको प्रत्याभूति दिन एमालेले ‘युथ भोलेन्टियर्स फोर्स’ गठन गर्ने निर्णय गरेको ओलीले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा नेता, कार्यकर्तासँग बोल्दै अध्यक्ष ओलीले 'देशलाई छाडातन्त्रमा चलाउनका लागि' कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको आरोप लगाए।

अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर 'गल्ती गरेको' बताए। संविधान विपरीत प्रतिनिधि सभा विघटन गरिएकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको उनको तर्क थियो।

"यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भङ्ग गरेको हो? भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधि सभा विघटन गरेको हो," ओलीले भने, "यो असंवैधानिक ढङ्गले भङ्ग गरेको छ। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेको छ। र संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भङ्ग गर्नुभएको छ। गर्नु हुँदैन्थ्यो। त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दछौँ। त्यसका लागि आन्दोलन गर्दछौँ। र अगाडि बढ्छौँ।"

यसैगरी, अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउनका लागि आफ्नो पार्टीले युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको समेत बताएका छन्।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँप्रतिनिधि सभाभक्तपुर
रामचन्द्र पौडेल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...