कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन् : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

15
Share
Featured
  • मन्त्री जगदिश खरेलले कलाकार र पत्रकारहरूसँग छलफल गर्दै कला क्षेत्रमा रहेका समस्या र आगामी नीतिगत सुधारबारे विचार–विमर्श गरे । उनले सृजनशील क्षेत्रमा कुनै दबाव वा अभाव सह्य नहुने प्रतिबद्धता जनाए ।
  • उनले आगामी पाँच महिनामा चलचित्र क्षेत्रको हितका लागि नीति र कार्यनीति तयार गरी मन्त्रिपरिषद्बाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
  • कलाकार जितु नेपालले सेन्सर बोर्डको कठोरता कम गर्न माग गर्दै, विकृति–विसंगतिविरुद्धका फिल्महरूमा नकारात्मक पात्र देखाउन नदिने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् । 

बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् । 

छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए । 

कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे । 

‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव हुनुहुँदैन् । यदी त्यो कतैबाट भइरहेको छ भने त्यो अन्त्य हुनुपर्छ । जगदिश खरेल यो कुरामा एकदमै प्रतिबद्ध छ ।’ उनले भने,  

त्यस्तै, उनले बाँकी पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि मन्त्रालय र मन्त्रिपरिषद्बाट पहल गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । 

उनले भने, ‘यो पाँच महिनामा मन्त्रीले पोलिसीको विषयमा कति के गर्नुपर्छ, जसले गर्दा समग्र चलचित्र क्षेत्रको हित हुन्छ । त्यो नीति ल्याउनुहोस् कार्यनीति ल्याउनुहोस् । तपाईहरुको कुरा ऐनमा नै व्यवस्था गर्ने मेरो चाहाना छ । देश र जनताको हित र चलचित्र क्षेत्रको हित अर्को यी दुईवटा सर्त छ मेरो यति हुने सहमति गरेर आउनुहोस् म मन्त्रिपरिषद्बाट अगाडि बढाउन तयार छु ।’ 

त्यस्तै, कार्यक्रममा कलाकार जितु नेपालले नेपालको सेन्सर बोर्डलाई अलि सहज बनाउन माग गरे । 

सेन्सर लगाएर विभिन्न दृश्यहरु सिनेमाबाट हटाउनुपर्ने समस्या रहेको बताउँदै उनले विकृति विसंगति विरुद्ध बनाइने सिनेमामा नराम्रा पात्रहरुलाई पनि देखाउनुपर्ने भएकाले सेन्सर लगाएर अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । 

उनले भने, ‘सिनेमा भनेको विकृति विसंगति विरुद्ध बनाइने कुरा हो । त्यहाँ भएका नराम्रा पात्रहरुलाई पनि हामीले देखाउनुपर्ने हुन्छ । त्यसैले यस्तो देखाउनै पाइदैन् भन्ने कुराले धेरै दृष्यहरु काटिने गरेको छ । विदेशीले ल्याएर देखाएको फिल्म चाँही जस्तो भएपनि देखाउँछौं, हेर्छौ पनि अनि हामीले देखाउने कुरामा सेन्सर लगाउने कुरा छ । सिनेमालाई फरक तरिकारले हेर्नुपर्छ जस्तो लाग्छ ।’ 

यो समाचारमा

काठमाडौँजितु नेपालजगदीश खरेलनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...