'नयाँ ढंगले अगाडि बढ्न नसके कांग्रेस झन् कमजोर बन्छ': विनोद चौधरी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

7
Share
Featured
  • Vinod Chaudhary cautioned that the Nepali Congress will weaken in upcoming elections if it fails to move forward with new ideas, faces, and energy.
  • He emphasized that today’s voters, especially youth, make decisions based on modern influences rather than traditional speeches.
  • Chaudhary urged the party to empower energetic and capable young members to strengthen internal competition and overall party performance.
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले पार्टीले नयाँ सोच, अनुहार र ऊर्जा लिएर अघि नबढे आगामी चुनावमा कमजोर हुने चेतावनी दिएका छन्। उनले कांग्रेसभित्रको परम्परागत सोच र नेताहरूको भाषणभन्दा पनि आजका युवाको मनोविज्ञान बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

एक कार्यक्रममा बोल्दै चौधरीले अहिले मतदाताको सोच र निर्णय प्रवृत्तिमा ठूलो परिवर्तन आएको बताउँदै भने, 'अब भोट नेताको भाषण सुनेर होइन, विदेश पुगेका युवाको फोनमा भएका कुराकानीका आधारमा खस्छ।' उनका अनुसार आजका युवाहरूमा निराशा छाएको छ, र त्यस निराशालाई आशामा बदल्न सक्नु नै पार्टीका नेताहरूको जिम्मेवारी हो।
चौधरीले थपे, 'हामी ठूलो पार्टी हौं, तर के निकास खोज्न सक्दैनौं? नयाँ ढंगले अगाडि बढ्न सकेनौं भने झन् कमजोर बन्छौं।' उनले पार्टीभित्रका नयाँ अनुहार र ऊर्जाशील कार्यकर्तालाई अवसर नदिँदा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा पनि कमजोर दिशातर्फ जाने खतरा रहेको बताए। 'जोश, जाँगर र क्षमता भएका युवालाई अघि ल्याउन सकिएन भने जुनसुकै पक्षले जिते पनि पार्टी कमजोर हुन्छ,' उनले भने। 

यो समाचारमा

काठमाडौँविनोद चौधरीनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...