मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

17
Share
Featured

काठमाडौँ

मधेश प्रदेशमा आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०८२ सुरु भएको छ ।

जनकपुरधाममा बिहीबार (आज) आयोजित भिटामिन ‘ए’ खुवाउने कार्यक्रममा मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय सपही, धनुषाका निर्देशक सरोज चन्द्र न्यौपानेले आज र भोली क्यापुसल खुवाउने कार्यक्रमको सुरुवात गरेका छन् । 

उनले उपस्थित बालबालिकालाई भिटामिन ‘ए’ को क्यापसुल खुवाएर दुई दिने कार्यक्रम सुरु भएको घोषणा गरे । सो क्रममा निर्देशक न्यौपानेले मधेश प्रदेशभरका ४,७९,७२२ बालबालिकालाई भिटामिन ’ए’ को क्यापुल खुवाउने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले भिटामिन ’ए’ खुवाउने कार्यक्रम २०५० सालदेखि भएको जानकारी दिए । उनले यो कार्यक्रम वर्षमा दुई पटक सञ्चालन हुँदै आएको बताए । 

बालबालिकाले खाने खानामा सम्पूर्ण भिटामिन नहुने गरेकाले भिटामिन ’ए’ को क्यापसुल खुवाउने गरेको उनको भनाई थियो । यो क्यापसुल ६ महिना देखि ५ वर्ष सम्मको बालबालिकालाई खुवाउनु पर्ने प्रमुख यादले जानकारी दिए ।

यो समाचारमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमधेश प्रदेशधनुषाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...