सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

11
Share
Featured
  • नेपाल स्काउटले पूर्व ऊर्जामन्त्री दीपक खड्का सञ्चालित खड्का ल्याण्ड प्रालिलाई लैनचौरस्थित आफ्नो जग्गाको भाडा रकम सात दिनभित्र नतिरे भवन जफत गर्ने चेतावनी दिएको छ।
  • स्काउटले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयमा भाडा नबुझाए कम्पनीले बनाएका भवन, सरसामान र अन्य सम्पत्ति जफत गरी असुलउपर गर्ने बताएको छ।
  • सूचना अनुसार, सम्झौता अवधि २०७५ मा समाप्त भए पनि कम्पनीले जग्गा छाड्न अस्वीकार गर्दै अटेरी गरेको र हालसम्म भाडा नबुझाएको आरोप छ।
  • स्काउट र कम्पनीबीच २०६५ सालमा १० वर्षका लागि सम्झौता भएको थियो, जसअन्तर्गत लैनचौरको ३ रोपनी रैकर जग्गा खड्का ल्याण्ड प्रालिले प्रयोग गर्दै आएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालीले सात दिनभित्र जग्गाको भाडा नरितेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीवार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।

तोकिएको समयावधि भित्र जग्गा भाडा बापतको रकम बुझाउन नआएमा कामपा वडा नं २६ लैनचौरस्थित कित्ता नंम्बर १० मा स्काउटको जग्गामा बनेको भवन र सरसामान जफत गरिने सुचनामा मार्फत जनाइएको छ । साथै उक्त भौतिक संचरनाबाट पनि भाडा बापतको रकम असुलउपर हुन नआएमा घर गग्गा तथा अन्य जायजेथबाट समेत असुल उपर गर्ने चेतावनी स्काउटले दिएको छ ।

‘सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ । उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरजग्गा वा जायजेथाबाट असुल–उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

कामपा साविक वडा नं २९ र हाल वडा नं २६ लैनचौरस्थित कित्ता नं १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोगचलनका सम्बन्धमा स्काउट र खड्का ल्यान्डका बिच २०६५ सालमा १० वर्षका लागि सम्झौता भएको थियो । २०७५ मा सम्झौता अबधि सकिएको थियो । स्काउटले सम्झौता अवधि सकिएको भन्दै खड्काको कम्पनीलाई जग्गा छाड्न भनेपनि उसले अटेरी गर्दै आएका थियो ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...