नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

17
Share
Featured
  • नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सिधा सडक र रेल सम्पर्क विस्तार गरी सहज व्यापारिक वातावरण आवश्यक रहेको बताए।
  • नेपालले बंगलादेशबाट वार्षिक करिब ३०.८८ मिलियन अमेरिकी डलरको आयात र ३.३३ मिलियन डलरको मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार घाटा देखिएको उनले उल्लेख गरे।
  • दुवै देशबीच निजी क्षेत्रीय सहकार्य, व्यापारिक प्रदर्शनी र लगानी सम्मेलनमार्फत आर्थिक सम्बन्ध सुदृढ गर्नुपर्ने सुझाव दिँदै, राजदूत रहमानले नेपालबाट निर्यात प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालबंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताए ।

अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबीच सिधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

अध्यक्ष अग्रवालले थपे, ‘नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन ।’

उनले (बीबीआईएन) बंगलादेश, भुटान, भारत र नेपालबीचको क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रुपमा उपयोग गर्न सकिने बताए ।

अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु-याउन आग्रह गरे ।

चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत रहमानले नेपालको निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको राजदूत रहमानले बताए । दुईदेशबीच सांस्कृति तथा शैक्षिक सम्वन्ध नागरिकको तहसम्मै उच्चस्तरीय रहेको रहमानले उल्लेख गरे ।

यो समाचारमा

नेपालभुटानबंगलादेशकाठमाडौँ
भारत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...