लियो क्लब अफ काठमाडौं भृकुटीद्वारा आदर्श माविलाई सेनिटरी प्याड भेन्डिङ मेसिन र प्याडहरू प्रदान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

25
Share
Featured

काठमाडौँ। लियो क्लब अफ काठमाडौं भृकुटीले इलाम सुन्तलाबारीस्थित आदर्श माध्यमिक विद्यालयलाई सेनिटरी प्याड भेन्डिङ मेसिन र आवश्यक सेनिटरी प्याडहरू प्रदान गरेको छ।

क्लबले गत सोमबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो। 

क्लबका सदस्य यौशा मगरका अनुसार, विद्यालयका छात्राहरुका समस्यालाई मध्यनजर गर्दै आवश्यक स्वच्छता सामग्री सहज रूपमा उपलब्ध गराउने र उनीहरूमा महिनावारी स्वच्छता र आत्मविश्वास सम्बन्धी सचेतना फैलाउने यस सहयोगको मुख्य उद्देश्य रहेको छ।

लियो क्लब अफ काठमाडौं  भृकुटीका सदस्य यौशा मगर,राजेश महर्जन, लायन नुर हुसेन नान्जिल तथा भरत जंग पाण्डेको सक्रिय सहकार्यमा सम्पन्न भएको हो।




यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...