आज युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

12
Share
Featured
  • संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ विश्वभर आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
  • सन् २००१ देखि मनाउन सुरु गरिएको यो दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक प्रभावबारे विश्व समुदायको चेतना बढाउने उद्देश्य राखेको छ ।
  • अध्ययनअनुसार, विगत ६ दशकका करिब ४० प्रतिशत द्वन्द्वहरूमा काठ, तेल, पानी र भूमि जस्ता प्राकृतिक स्रोतहरूको दुरुपयोग भई वातावरणीय विनाश बढेको तथ्य देखाइएको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

सन् २००१ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको यस दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य मनाउन थालिएको हो । 

संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षालाई अनिवार्य अङ्गका रूपमा नीति तथा रणनीतिमा समेट्दै आएको छ । विश्व संस्थाका अनुसार, जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणमार्फत मात्र दिगो शान्ति सम्भव छ ।

युद्धका क्रममा पानीका मुहानहरू प्रदूषित हुने, खेतीबाली डढाइने, वन विनाश हुने, माटो विषाक्त बन्ने र जनावरहरूको हत्या हुनेजस्ता गतिविधिले वातावरणमा ठुलो असर पार्ने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् । 

युएनइपीका अनुसार, विगत ६ दशकमा भएका सबै आन्तरिक द्वन्द्वमध्ये करिब ४० प्रतिशतमा काठ, सुन, हीरा, तेल, उर्वर भूमि र पानीका स्रोतजस्ता प्राकृतिक सम्पदाको दुरुपयोग भएको छ ।

यो समाचारमा

संयुक्त राष्ट्रकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...