पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, देशभर आंशिक बदली र सफा मौसम

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

11
Share
Featured

काठमाडौँ


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालका पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यस प्रणालीको प्रभावले बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली कायम रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो देशका अधिकांश पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सामान्य रूपमा सफा रहने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशकाठमाडौँगण्डकी प्रदेशबागमती प्रदेश
नेपाल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...