धनुषामा चोरी गर्ने महिलाको गिरोह पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

12
Share
Featured

काठमाडौँ

धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ की ४० वर्षिया हिरा देवी मुखिया, सोही स्थानकी ४५ वर्षिया राधा देवीया मुखिया र जनकपुरधाम उपमहानगरपालिका १४ मा डेरा लिई बसेकी १९ वर्षिया जस्मित खातुन रहेकी छन् ।

गत कार्तिक २ गत्ते रातको समयमा जनकपुरधाम उपमहानगरपालिका ८ स्थित नमुना बस्तीमा रहेको पुरन सिंह थारुको घरमा नगद तथा गरगहणासहित विभिन्न सरसामान चोरी भएको थियो । प्रहरीले खबर प्राप्त गर्नासाथ विशेष अनुसन्धान टोलीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका तीनै जना संग चोरी भएका सरसामान बरामद भएको छ । उनीहरुले केही गरगहनामहोत्तरीको जलेश्वर नगरपालिका २ स्थित माँ अम्बे ज्वेलर्सलाई बेचेका थिए । प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक सरज साह सोनार र अनरजित साहलाई खरीद गरिएको चोरीका गरगहनासहित पक्राउ ष्रेको छ ।

पक्राउ परेका पाँचवटैलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धानका लागि धनुषा प्रहरीले राखेको जनाएको छ ।

यो समाचारमा

काठमाडौँधनुषामहोत्तरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...