निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

13
Share
Featured
  • नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच उच्चस्तरीय छलफल भएको छ, जसमा नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर, जेन्जी आन्दोलनपछिको आर्थिक प्रभाव र वर्तमान चुनौतीबारे विचार विनिमय भएको छ।
  • अध्यक्ष कमलेश अग्रवालले नेपालको प्राकृतिक स्रोत, युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम र लगानीको प्रतिफल सुनिश्चितता जस्ता पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाउने उल्लेख गरे। साथै, भौतिक पूर्वाधार, कृषि, जलविद्युत, पर्यटन, खानी र औषधीजन्य वनस्पतिमा लगानीका ठूलो सम्भावना रहेको बताए।
  • विश्व बैंकका प्रतिनिधिहरूले निजी क्षेत्र सुदृढीकरणका लागि संस्थागत सुधार, नीति–सामञ्जस्य, लगानी प्रवद्र्धन र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् र नेपालमा लगानीका अवसर र नीति स्थायित्व सुनिश्चित गर्न कार्यपत्र प्रस्तुत गरेका छन्।
समाचार सारांशGenerated using AI.


नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानूनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखे ।

प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको अध्यक्ष अग्रवाले बताए । उनले भने, ‘देशका अथाह प्राकृतिक स्रोतहरुको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ ।’.

नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । 

अध्यक्ष  अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सवल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । 

भौतिक पूर्वाधार, कृषि, जलविद्युत, पर्यटन, खानी, जडीबुटी तथा औषधीजन्य वनस्पति जस्ता क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रहरुमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । 

जेन्जी आन्दोलनपछि अर्थतन्त्रमा असर पारेपनि निजी क्षेत्रको मनोबल उच्च रहेको अध्यक्ष अग्रवालले बताए ।

जेन्जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै अध्यक्ष अग्रवालले पुनरावलोकनका लागि आग्रह गरे । 

छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरुले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए । 

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवद्र्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालमा लगानीका अवसर पनि नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

विश्व बैंकका तर्फबाट पियाट्कोस्कीसंगै असिम नेपाल टास्क टिम लिडर एण्ड अपरेशन अफिसर  कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी, फारिया टासिन सिनियर अपरेशन अफिसर आईएफसी, र कमलिका दास इकोनोमिस्ट साउथ एसिया कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी लगायतको सहभागिता रहेको थियो । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...