नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

15
Share
Featured


नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।   

कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा आफ्नो धारणा राख्नेक्रम जारी छ । मंगलबार बसेको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू— कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँपूर्ण बहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...