‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

10
Share
Featured
  • गुरुराज घिमिरेले नेपाली कांग्रेसभित्र पुनः केपी शर्मा ओलीको प्रभाव बढ्दै गएको आरोप लगाए।
  • उनले केही नेताहरू ओलीको नजिक पुगेको र त्यसबारे बोल्नेहरुलाई पार्टीबाट निकाल्ने धम्की दिइएको दाबी गरे।
  • घिमिरेले विशेष महाधिवेशन र अविश्वास प्रस्तावका धारालाई मिसाउने प्रयास गलत भएको बताए।
  • उनले पार्टी नेताहरुलाई सुझबुझ, सहमति र एकताका साथ अघि बढ्न आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि खड्गप्रसाद शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए ।

घिमिरेले भने, ‘अहिले केपी ओली जीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु भनिरहनु भएको छ । मैले भन्नै पर्छ, ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ अहिले पनि ।’

उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र बैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए । ‘काँही नभएको जात्रा नेपाली कांग्रेसभित्र भएको छ । पार्टीमा सहमतिबाट महामन्त्रीले ल्याउने चलन छ भने अहिले सहमहामन्त्रीले ल्याइदिनुभएको छ । घरमुली भएर उहाँहरू झगडा गर्ने ?’ उनले व्यंग्य गर्दै भने ।

घिमिरेले विशेष महाधिवेशन र अविश्वास प्रस्तावका धाराबारे पनि स्पष्टता दिँदै दुवैलाई मिसाउने प्रयास गलत भएको बताए । 

उनले भने, ‘विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दुई तिहाई बहुमत चाहिन्छ, त्यो फरक कुरा हो । विशेष महाधिवेशनको धारा १७(२) हाम्रो विधानको परिच्छेद ६ मा छ भने अविश्वासको धारा ४४ परिच्छेद १२ मा छ । यी दुई धारालाई मिसाउन मिल्दैन, यो त पानीको धारा होइन कि मिसाइदिने !’

उनले पार्टी नेताहरुलाई सुझबुझका साथ अघि बढ्न आग्रह पनि गरे । ‘हाम्रो नेताहरुले संकटमा सुझबुझ देखाउनुभयो, मिलेरै पार्टीलाई यहाँसम्म ल्याउनुभयो । हरेक संघर्षमा हामीले विजय प्राप्त गरेका हौँ । अब पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा नेताहरुबीच सहमति आवश्यक छ,’ घिमिरेले भने ।

यो समाचारमा

नेपाली काँग्रेसखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...