बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

13
Share
Featured
  • रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया स्वास्थ्य केन्द्रमा जापानिज इन्सेफ्लाइटिस खोपको म्याद नाघेको भेटिएको छ, जसको म्याद २०२५ नोभेम्बर १ मा समाप्त भएको थियो।
  • कार्तिक १७, १८ र १९ गते १२ देखि २३ महिनासम्मका बालबालिकालाई खोप दिन तयारी गरिएको भए पनि म्याद सकिएको पत्ता लागेपछि खोप अभियान रोकिएको हो।
  • स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले कर्मचारी तहबाट गल्ती भएको स्वीकार गर्दै छानबिन हुने बताएका छन्, भने वडा अध्यक्ष नवराज देवकोटाले दोषीमाथि कारबाही गर्ने चेतावनी दिएका छन्।
  • जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरूले प्रदेश कार्यालयबाट आएको भ्याक्सीन २०२६ अप्रिलसम्म म्याद भएको बताए पनि चन्द्रपुरमा म्याद सकिएको खोप प्रयोग गर्न खोजिएको विषयलाई गम्भीर रूपमा लिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सीन म्याद नाघेको भेटिएको छ । 

कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखी २३ महिना भित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सीन म्याद नाघेको भेटिएको हो । 

चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सीन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरवाही गर्नु हँुदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सीन हुँदा पनि सकिएको ल्याउनु कर्मचारीलको गल्ती भएको उनको जिकिर छ ।’ 

जापनिज इन्सेफ्लाइटिसको भ्याक्सीनको म्याद अंग्रेजी मिति अनुसार सन २०२५ नोभेम्बर १ तारिखमा सकिएको छ । भ्याक्सीनको म्याद सकिएको चार दिन पछि दिन लागेको भन्दै  यसले बालबालिकाहरु गम्भीर असर पार्ने चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष नवराज देबकोटाले बताए । यो विषय गम्भीर भएकाले कार्यपालिकाको बैठक राख्ने र दोषि कर्मचारीलाई  कारवाही गरिने उनले बताए ।

चन्द्रपुर , बृन्दावन नगरपालिका, गरुडा नगरपालिकागुजरा नगरपालिका भित्रका बालबालिकाहरु खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले बताए । 

उनका अनुसार  प्रदेश कार्यालयबाट हालै आएको यो भ्याक्सीनको मिति २०२६ अप्रिलसम्म म्याद छ । तर चन्द्रपुर नगरपालिका ९ मा भेटिएको  म्याद नाघेको भ्याक्सीनको विषय गम्भीर रहेको उनको भनाइ छ ।  यस विषयमा आफ्नो ध्यानाकर्षण भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्ले बताए ।

यो समाचारमा

काठमाडौँरौतहटबृन्दावन नगरपालिकाचन्द्रपुर नगरपालिका
गुजरा नगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...