कांग्रेस नेताहरु भन्छन् : निर्वाचन अघि विशेष पछि नियमित महाधिवेशन गरौं

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

16
Share
Featured
  • नेपाली कांग्रेसभित्र विशेष वा नियमित महाधिवेशन गर्ने विषयमा तीव्र बहस भइरहेको छ, जहाँ गगन थापा, शेखर कोइराला र विश्वप्रकाश शर्मा पक्षले फागुनअघि विशेष महाधिवेशन गर्नुपर्ने दबाब दिइरहेका छन्।
  • केन्द्रीय सदस्य मधु आचार्यलगायत नेताहरूले निर्वाचनअघि विशेष महाधिवेशन र निर्वाचनपछि नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्, जसले जेनजी आन्दोलनपछि युवापुस्ताको माग सम्बोधन गर्ने दाबी गरिएको छ।
  • लुम्बिनीका उपसभापति भुवन श्रेष्ठ र धनकुटा सभापति दिनेश राईले जतिसक्दो छिटो महाधिवेशन गर्नुपर्ने बताएका छन्, अन्यथा वर्तमान कार्यसमितिले जिम्मेवारी छोड्नुपर्ने सुझाव दिएका छन्।
  • कांग्रेसका विभिन्न नेताहरूले यो महाधिवेशनले नयाँ नेतृत्व, नयाँ नीति र संगठन पुनर्गठनको बाटो खोल्ने विश्वास व्यक्त गर्दै, यसलाई पार्टी पुनर्जागरणको अवसरका रूपमा चित्रित गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


यतिबेला नेपाली काँग्रेस भित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने विषयमा वहस चर्किएको छ । महामन्त्री गगन थापाले नियमित महाधिवेशनको कार्यतालिका समेत पेस गरिसकेका छन् ।

फागुन २१ गते प्रतिनिधि सभाको चुनाव पनि नजिकिदै गएकाले फागुन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरुले दबाब बढाइरहेका छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह बैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा देखिएको छ । 

यतिबेला कांग्रेसभित्र महाधिवेशनको वहस पेचिलो बनिरहेको छ । तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले महाधिवेशनबारे ठूलो समस्या नरहेको बताउँछन् । 

उनले निर्वाचन अघि विशेष महाधिवेशन भएता पनि निर्वाचन पछि भने नियमित महाधिवेशन हुने पनि बताए । उनले १५ आँै महाधिवेशन निर्वाचनपछि गर्ने पनि जानकारी दिए ।

उनले जेन्जी आन्दोलनपछि नयाँ आशा पलाएको बताउँदै नीति, नेता, र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस आगामी चुनावमा लिएर जान चाहेकाले पनि महाधिवेशन जरुरी रहेको बताए  । उनले अहिले  नियमित महाधिवेशन गर्न समयका हिसाबले सम्भव नभएका कारण हाल बिशेष महाधिवेशनको तयारी गर्नुपर्ने औंल्याए । 

‘महाधिवेश बारे चाँडै टुंगो लाग्छ । किनभने धेरै समय छैन, समस्या पनि धेरै छैन निर्वाचन अघि विशेष महाधिवेशन हुन्छ । निर्वाचन पछि भने नियमित महाधिवेशन हुन्छ । दुईवटै महाधिवेशन हुन्छ ।  १५ औँ महाधिवेशन  चुनावपछि गर्छौं र त्यो त्यो नियमित अधिवेशनमा हुनेछ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नयाँ आशाहरु सन्चार भएको छ । त्यसलाई कांग्रेस सम्बोधन गर्न चाहन्छ,’ उनले भने । 

निती, नेता, र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस चुनावमा लिएर जान चाहन्छौँ । त्यस्का लागि महाधिवेशन जरुरी भयो । नियमित गर्न समयको सम्भव नभएकाले बिशेष गर्न लागेको हो । नियमित भने चुनाव पछाडी हुन्छ,’ उनले भने । 

महाधिवेशनका कारण निर्वाचनलाई केहिपनि असर नगर्ने भन्दै विशेष महाधिवेशनको तयारी निर्वाचनकै लागि गरेको समेत उल्लेख गरे । उनले विशेष महाधिवेशन नै निर्वाचनको तयारी रहेको बताए । केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको निर्णय लिने समेत बताए । 

त्यस्तै उनले विशेष महाधिवेशनमा नयाँ पुस्तालाई पनि भव्य रुपमा स्वागत गर्ने दाबी गरे । विशेष महाधिवेशनमा जेनजी पुस्तालाई वा नयाँ पुस्तालाई भित्र्याउने नीति पनि पारित हुने भन्दै उनीहरुलाई नेतृत्वमा ल्याउन आफूहरु तयार रहेको बताए । 

त्यस्तै नेपाली कांग्रेसका लुम्बिनी प्रदेशको उपसभापति भुवन प्रसाद श्रेष्ठले अहिले बहुमत संख्यामा महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेका कारणले पनि जतिसक्दो छिटो महाधिवेशन गरिसक्नु पर्ने बताए । यदी अहिलेको कार्य समितिले महाधिवेशन गर्न नसक्ने हो भने आफू विदा लिएर मार्ग प्रशस्त गर्नका लागि पनि आग्रह गरे । उनले विशेष महाधिवेशनलाई नकार्ने अधिकार अहिलेको केन्द्रीय समितिलाई नभएको बताए । 

‘वास्तवमा जतिसक्दो छिटो अधिवेशन हुनु जरुरी छ । महाधिवेशन हुनुपर्छ । वास्तवमा विशेष वा नियमित अधिवेशन हुनैपर्छ । मंसिरभित्रै अधिवेशन होस् भन्ने चाहना हो । त्यो यदि हुन सकेन भने अहिले बहुमत संख्या महाधिवेशनका साथीहरूले विशेष महाधिवेशनको माग गरिसकेको अवस्था छ  त्यसकारण जतिसक्दो छिटो महाधिवेशन होस्,’ उनले भने । 

त्यस्तै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले अहिलेको समयमा  महाधिवेशन अनिवार्य रहेको बताएका छन् । उनले जेनजी आन्दोलनपछि नयाँ सोच र नयाँ नीति आउनपर्छ भन्ने सन्देश फैलिएका कारणले पनि अहिले त्यसै सन्देशको पक्षमा उभिएको पनि बताए । उनले अब सच्चिएर र सुधारिएर, नयाँ नीति अथवा जनतालाई पच्ने नीति लिएर आउ भन्नेमा सन्देशमा साथ रहेको पनि बताए । ‘यो महाधिवेशन अनिवार्य छ । जेनजी प्रोटेस्टले मागेको नयाँ नेतृत्व हो,’ उनले भने । 

त्यस्तै नेपाली कांग्रेस चितवनको निवर्तमान सभापति जितनारायण श्रेष्ठले जेनजीको नाममा जुन आन्दोलन भएको छ त्यो जेन–अल्फा मतदाता भएर आउन लागेको बताए । उनले स्वाभाविक रूपमा प्रकृतिको नियमलाई पनि बुझ्नपर्ने औंल्याए । 

‘अहिले पनि कांग्रेसमा प्रशस्त युवाहरू कांग्रेसको राजनीतिमा जोडिएका छन् र जोड्न चाहन्छन् । विशेष अधिवेशनले पनि विशेष व्यवस्था गर्न सक्छ । अहिले विषम परिस्थितिमा विशेष अधिवेशन केन्द्रीय नेतृत्व जिम्मेवार भएनन् भने फेरि विशेष अधिवेशनमा जान्छ । अहिले जुन जेनेरेसन छ, जेनजीको नाममा आन्दोलन भएको छ त्यसबाट जेन अल्फा मतदाता भएर आउँदैछन् । स्वाभाविक रूपमा प्रकृतिको नियमलाई पनि बुझ्नुपर्यो नि,’ उनले भने । 

नेपाल लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चौलागाईले यतिबेला पार्टी र देशमा परिवर्तन चाहिएको र पुनजागरण एवम पुनसंरचना चाहिएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने बताए । उनले आम कार्यकर्ताहरुको भावना अनुसार सबै परिवर्तन हुन आवश्यक रहेको बताए । 

‘विशेष र नियमित महाधिवेशनको कुराहरू चलिरहेको छ । खासमा अहिले परिवर्तन चाहिएको छ । यो कुन पक्षमा भन्दा पनि अहिले महाधिवेशन चाहिएको हो । पार्टीभित्र पुनजागरण एवम पुनर्संरचना चाहिएको हो । पार्टीलाई एक ढिक्का बनाएर अगाडि पर्नेछ ।  आम कार्यकर्ताहरूको भावनाअनुसार तलदेखि माथिसम्म सबै परिवर्तन हुन जरुरी छ,’ उनले भने । 

त्यस्तै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रेणुका काउचा मगरले परिवर्तनको लागि भएतापनि महाधिवेशन हुनपर्ने बताइन् । उनले नेपाल सरकारले निर्वाचनको मिति तोकिएका कारणले पनि समयमै महाधिवेशन गरिसक्नुपर्ने बताइन् । 

यो समाचारमा

चितवनधनकुटालुम्बिनी प्रदेशकाठमाडौँ
गगन थापा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...