पत्रकारले गरे अपरिचित युवाको उद्धार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

17
Share
Featured
  • न्यूज व्यूरो नेपालका सिरहा संवाददाता सविन यादवले सिरहा नरहा–३ का एक वर्षदेखि मागी खाने युवा उद्धार गरेर मानव सेवा आश्रम, चपुरमा राखेका छन्।
  • यादवले सामाजिक सञ्जालमा उद्धार अभियान सञ्चालन गरी देश–विदेशका सहयोगीहरूको आर्थिक सहायता संकलन गरेका थिए।
  • उद्धारमा संकलित रकमले आश्रममा आवास, सुत्ने सामग्री र खाद्यान्नको व्यवस्था गर्न प्रयोग गरिएको छ, र यादवले स्वयं रु. १० हजार सहयोग गरेका थिए।
  • मानव सेवा आश्रम र वरिष्ठ पत्रकारहरूले यादवको मानवीय कार्यको प्रशंसा गर्दै प्रमाणपत्र र धन्यवाद ज्ञापन प्रदान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

न्यूज व्यूरो नेपालका सिरहा संवाददाता सविन यादव (सविन बाबु) ले एक अपरिचित युवाको मानवीय उद्धार गरेका छन् । सिरहाको नरहा गाउँपालिका–३, नयाँ चौक चोहर्वा क्षेत्रमा करिब एक वर्षदेखि मागी खाने गर्दै आएका ती युवालाई यादवले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरी मानव सेवा आश्रम, चपुरमा पु-याएका हुन् । 

पत्रकार यादवले अलपत्र अवस्थामा रहेका ती युवाको अवस्थाबारे सामाजिक सञ्जालमा जानकारी सार्वजनिक गर्दै सहयोगका लागि आह्वान गरेका थिए । उक्त आह्वानपछि देश–विदेशका युवासहित स्थानीय जनप्रतिनिधी सहयोगी हातहरूले आर्थिक सहयोग गरेका थिए । त्यसपछि जम्मा भएको रकमबाट यादवले ती युवालाई उद्धार गरी सुरक्षित रूपमा आश्रममा आवासको व्यवस्था गरिदिएका हुन् । 

युवालाई आश्रममा पु-याउँदा पत्रकार यादवले नगद रु. १० हजार सहयोग गरेका थिए । उनले भने, सहयोग गरेको नगदले मानव सेवा आश्रमले सुत्नका लागि डस्ना, तन्ना, सिरक तथा आवश्यक खाद्यान्न खरिद गर्नका लागि प्रयोग गरेको छ । 

सहयोग हस्तान्तरणपछि यादवले भने, ‘सेवा नै धर्म हो । समाजमा कोही अलपत्र, असहाय वा सहयोगको अपेक्षामा छ भने हामी सबैको दायित्व हुन्छ । सामाजिक सञ्जालको सकारात्मक प्रयोगमार्फत उद्धार सम्भव भएकोमा म अत्यन्त खुसी छु।’

उद्धार अभियानमा साथ र सहयोग पु-याउने सबैप्रति उनले आभार व्यक्त गर्दै भने, ‘यदि सिरहामा पनि कुनै व्यक्ति अलपत्र वा असहाय अवस्थामा भेटिएमा कृपया मलाई जानकारी गराउनुहोस्, म सक्दो सहयोग गर्नेछु ।’

त्यसैगरी मानव सेवा आश्रम, रौतहटका प्रमुख काशिराम जोशीलले भने, ‘सेवा नै धर्म हो भन्ने उद्देश्यले पत्रकार यादवले देखाउनुभएको मानवीय कार्य सराहनीय छ, भन्दै धन्यवाद ज्ञापन सहित पत्रकार यादबलाइ मानव धर्म निर्वाह गरे बापत प्रमाणपत्र समेत आश्रमले प्रदान गरेका छन्।

पत्रकार यादवले गरेको मानवीय कार्यप्रति वरिष्ठ पत्रकार तथा मार्गानुगामी राष्ट्रिय दैनिकका सञ्चालक रामबाबु यादवले प्रशंसा व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका छन्। सञ्चालक यादवले अगामी दिनहरूमा पनि असहाय, अलपत्र तथा आर्थिक रूपमा विपन्न परिवारहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो समाचारमा

काठमाडौँरौतहटनरहा गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...