बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

17
Share
Featured
  • जनकपुरधामका व्यवसायीहरूले धनतेरस पूर्वसन्ध्यामा प्रहरीको छापामा भएको विवादको विरोधमा बजार बन्द गरी प्रदर्शन गरेका छन्।
  • विरोध -यालीमा व्यवसायीहरूले कालो पट्टी बाँधेर कालो झण्डा बोकी, प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद लगायत नाराहरू लगाएका छन्।
  • उद्योग वाणिज्य संघका नेताहरूले प्रहरीको बल प्रयोग र गैरकानुनी छापाप्रति आपत्ति जनाउँदै कानुनी कारवाहीको माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो । 

सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार बन्द गरी विरोध -याली निकालेका छन् । कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध -याली निकालेका छन् । 

उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।

कुनै पनि पसल वा संघ संस्थामा छापा मार्नु अघि निश्चित प्रक्रिया पूरा गर्नुपर्नेमा हावादारी हिँसाबले प्रहरीले छापा मारेको आरोप जकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठले लगाए । 

नेपाल प्रहरीले कानुनी बाटो प्रयोग गर्नुको साटो बल प्रयोग गरेर अध्यक्ष भण्डारीलाई हातपात गरेको प्रति महासेठले आक्रोस व्यक्त गरेका छन् । उनले डिसपीलगायतको टोलीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।


यो समाचारमा

जनकपुरकाठमाडौँधनुषानेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...