‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

15
Share
Featured
    • कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारमा ठूलो योगदान पुर्‍याएको भन्दै यसको कार्य क्षेत्र विस्तार भइरहेको बताएका छन्, जस्तै खाना पकाउन इन्डक्शनको प्रयोग ।
    • नेपालमा इलेक्ट्रिकल सवारी साधन बढ्दै गएको र त्यसको प्रोत्साहनका लागि देशभर चार्जिङ स्टेशन स्थापना गर्नु आवश्यक रहेको उनले बताए ।
    • सोलार ऊर्जा प्रवर्द्धनका लागि निजी क्षेत्रसहित कार्ययोजना तयार भइरहेको र यसमा कुनै रोक नलाग्ने घिसिङले उल्लेख गरे ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । 

मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए । 

उनले भने, ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ । यसको लागि वैकल्पिक उर्जाले बधाईको पात्र हुनुहुन्छ । अझै धेरै गर्नुछ । अहिले वैकल्पिक उर्जाको कार्य क्षेत्र धेरै बढेको छ । अहिले खाना बनाउनको लागि पनि इन्डक्शनको प्रयोग हुन्छ जहाँ उर्जा कै प्रयोग हुन्छ ।’

साथै, उनले नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु बढ्दै गएको भन्दै यसको लागि चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन हुने बताए । 

उनले भने, ‘चार्जिङ स्टेशनको केही नीतिलाई पुननिर्माण गर्नुपर्ने छ, त्यो नीति मन्त्रालयबाट गई सकेको छ । अब अर्को बोर्डबाट हामीले त्यो पास गर्छौहोला । नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु पनि बढ्दै गएको छ । यसको लागि चार्जिङ् स्टेशनहरु एकदमै महत्वपूर्ण हुन्छ । चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन गर्छ ।’

वैकल्पिक उर्जाको रुपमा सोलार पनि बढ्दै गएको भन्दै सोलारलाई प्रमोशन गर्ने हिसाबमा कार्य योजनाहरु बनाएको पनि उनको भनाइ छ । 

उनले भने, ‘सोलारको कुरामा निजी क्षेत्रलाई पनि सोलारलाई खोलेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले त्यसको कार्ययोजना बनिरहेको छ । सोलारलाई हामी प्रमोशन नै गर्ने हो । यसमा रोक लगाउने काम गर्दैनौ ।’ 

यो समाचारमा

काठमाडौँकुलमान घिसिङनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...