राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

12
Share
Featured
  • राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले पार्टीभित्रका समस्या समाधान गरी एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
  • उनले राप्रपाको उद्देश्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी र गणतन्त्र–संघीयता विरोधी शक्तिलाई एउटै प्लेटफर्ममा ल्याउने रहेको बताएका छन् ।
  • राणाले राजासहितको प्रजातन्त्र र राष्ट्रिय एकताको पक्षमा सबै देशभक्त शक्ति र युवा पुस्तालाई एकजुट हुन आह्वान गरेका छन् ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् ।

मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र तथा संघीयता विरोधी शक्ति र देशको विकास, प्रगति र स्थायित्व चाहने सबै पक्षलाई एक प्लेटफर्ममा ल्याउने रहेको बताए ।

‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतलाई एकढिक्का बनाएर अगाडि बढाउने हाम्रो प्रयास जारी छ ।’

उनले पार्टी राजासहितको प्रजातन्त्रको पक्षधर रहेको दोहो-याउँदै वर्तमान राजनीतिक परिस्थितिमा सबै देशभक्त शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

राणाले देशको हित र स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यकता आज झनै बढेको भन्दै सबै देशवासी, पार्टी र समूहलाई साझा उद्देश्यका लागि एकजुट हुन आह्वान गरेका छन् ।

उनले भने, ‘राजसंस्था चाहिने जेनजीहरु पनि छन् । उहाँहरुलाई हामी एकढिक्का बनाएर अगाडि लाने प्रयास गर्दैछौं । हामी मुलभूत रुपले यो देशमा राजासहितको प्रजातन्त्रको पक्षधर हौं । हाम्रो एजेण्डामा आउने जेनजीहरु लगायत सबै देशवासी पार्टी, समूहहरुलाई सबैलाई आह्वान गर्छौं की यो परस्थितिमा सबै  एकढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने सोच र विचार हो ।’

यो समाचारमा

काठमाडौँडा. धवल शमशेर राणाराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...