धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

14
Share
Featured
  • मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा ५१२औं दिव्य धर्म यज्ञ दिवस–२०८२ सन्त रामपाल जी महाराजको उपस्थितिमा आजदेखि सुरु भएको छ ।
  • कार्यक्रममा अखण्ड भण्डारा, ग्रन्थ पाठ, हवन यज्ञ र दाइजोविहीन विवाह लगायत विभिन्न आध्यात्मिक गतिविधि सञ्चालन हुँदैछ ।
  • उत्सवको उद्देश्य सत्यज्ञान, मानवसेवा र शान्तिको सन्देश फैलाउने रहेको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सन्त रामपाल जी महाराजको पावन सान्निध्यमा यही कार्तिक १८(आज) देखि २० गतेसम्म मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा ५१२औं ‘दिव्य धर्म यज्ञ दिवस–२०८२’ सुरु भएको छ ।

भारतका १२ वटा सतलोक आश्रमहरूमा पनि यो ऐतिहासिक उत्सवको जोडतोडले तयारी चलिरहेको छ । करिब ५१२ वर्षअघि कबीर साहेबले काशीमा १८ लाख साधु सन्तहरूलाई तीन दिनसम्म मोहन भण्डारा गराएर ‘सत्य धर्म’ को सन्देश दिएका थिए । त्यसै दिव्य लीलाको स्मृतिमा यो दिवस मनाइने गरिएको छ । 

कार्यक्रममा तीन दिवसीय अखण्ड भण्डारा गराइने छ जसमा शुद्ध घिउमा बनेको लड्डू, जेरी, हलुवा, पूरी, तरकारी, सब्जी, अचार, आदि वितरण गरिनेछ । सन्त गरीबदासजी महाराजद्वारा लिखित ‘अमर ग्रन्थ साहिब’ को तीन दिवसीय अखण्ड पाठ गरिनेछ । शुद्ध घिउमा अखण्ड ज्योति पनि प्रज्वलित गरिन्छ जसलाई हवन यज्ञ भनिन्छ ।

विभिन्न सन्त तथा महापुरुषहरुको जीवनमा आधारित आध्यात्मिक प्रदर्शनी पनि लगाइनेछ । दाइजो तथा आडम्बर रहीत विवाह समारोहले वैवाहिक कार्यक्रम पनि राखिएको छ । 

मानव सेवा नै सच्चा धर्मको भावनासहित रक्तदान शिविर सञ्चालन हुनेछ । निःशुल्क नाम दीक्षामा सन्त रामपाल जी महाराजको साक्षात्कारमा साँचो मोक्षमार्गमा प्रवेश गराइने छ । उत्सवले आध्यात्मिक चेतना जगाउने, यथार्थ शास्त्रअनुसार भक्ति ज्ञान प्रचार गर्ने र सबै जात,धर्म तथा देशका मानिसबीच प्रेम, भाइचारा तथा शान्तिको सन्देश फैलाउने उद्देश्य रहेको आयोजक पूर्ण ब्रह्म कवीर उपासक समाज नेपालले जनाएको छ ।

पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालले सबै श्रद्धालु, भक्त र समाजसेवीहरूलाई यो दुर्लभ आध्यात्मिक अवसरमा सहभागी भई सत्यज्ञानको ज्योति ग्रहण गर्न र मानवताको सेवा मार्गमा अग्रसर हुन निमन्त्रणा गरेको छ ।

यो समाचारमा

मिथिला नगरपालिकाभारतनेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...