स्वास्थ्य मन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता,स्वास्थ्य साझेदारी सुदृढ गर्नेबारे छलफल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

10
Share
Featured
  • स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतम र चिनियाँ राजदूत चेन सङबीच आज स्वास्थ्य क्षेत्रमा द्विपक्षीय साझेदारी सुदृढ गर्ने विषयमा भेटवार्ता सम्पन्न भयो।
  • छलफलमा बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल अस्पतालको सेवा सुधार तथा विस्तार मुख्य एजेन्डा रह्यो।
  • साथै परम्परागत औषधि सहकार्य, जडीबुटी उत्पादन, आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरण र नेपालमा जीन प्रयोगशाला स्थापना सम्बन्धी विषयमा पनि कुराकानी भयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. डा. सुधा शर्मा गौतम र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज शिष्टाचार भेट सम्पन्न भएको छ। भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल अस्पतालको सेवा सुधार तथा विस्तारका विषयमा विशेष रूपमा कुराकानी गरिएको थियो।

त्यसैगरी, परम्परागत चिनियाँ औषधि र आयुर्वेद स्वास्थ्य सेवाबीचको सहकार्य, नेपालमा औषधीय जडीबुटीको उत्पादन तथा प्रशोधन, आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरण, र नेपालमै अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

भेटका क्रममा मन्त्री गौतमले क्यान्सर उपचार, अस्पताल सेवा सुदृढीकरण र कोभिड–१९ महामारीका समयमा चीन सरकारले प्रदान गरेको निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।

यो समाचारमा

भरतपुरडा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...