प्रवासी मताधिकार र कडा आचारसंहितासहित फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

9
Share
Featured
  • अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन मिति तोकेको छ र जेन-जी पुस्ता तथा राजनीतिक दलहरूसँग वार्ता गर्दै निर्वाचन तयारी अघि बढाइरहेको छ।
  • सरकारको अध्यादेशपछि जेन-जी पुस्ताका लाखौँ मतदाताले मतदान अधिकार पाउने भएका छन्, र निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा सामग्री खरिदको तयारी अन्तिम चरणमा पुर्‍याएको छ।
  • आयोगले यसपटक ७९ प्रकारका सामग्री प्रयोग गर्ने, कडा र व्यवहारिक आचारसंहिता लागू गर्ने, र विशेष परिस्थितिमा प्रतिनिधि सभा मात्रको निर्वाचन कानुनअनुसार वैध हुने स्पष्ट पारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २३ र २४ को जेन-जी विद्रोहपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकेको छ। सरकारले निर्वाचनको वातावरण बनाउन राजनीतिक दल र जेन-जी पुस्ताका प्रतिनिधिसँग सघन वार्ता गरिरहेको छ।

सरकारले अध्यादेशमार्फत जेन-जी पुस्ताका लाखौँ मतदाताको मतदान अधिकार सुनिश्चित गरेको छ। यसै आधारमा निर्वाचन आयोगले बन्द भएको मतदाता नामावली पुनःसञ्चालन गरी अद्यावधिक गर्ने कार्य सुरु गरिसकेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, मतदाता नामावली संकलन, आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका तयारी अन्तिम चरणमा पुगेका छन्। कात्तिक मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय थपिएको छ।

निर्वाचनका लागि ७९ प्रकारका सामग्री

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यक पर्ने सूची तयार गरेको छ। यसअघि २०७९ सालको निर्वाचनमा ९४ प्रकारका सामग्री प्रयोग गरिएकोमा, यसपटक ७९ प्रकारका सामग्री प्रयोग गरिनेछ। अधिकांश सामग्री स्थानीय स्तरमै खरिद गरिनेछन्।

प्रतिनिधि सभा मात्रको निर्वाचन विधिसम्मत

संविधानअनुसार तीन तहका निर्वाचन एउटै समयमा हुनुपर्ने भए पनि यो निर्वाचन विशेष परिस्थितिमा हुँदैछ। भण्डारीका अनुसार, प्रतिनिधि सभाको मात्र निर्वाचन गर्दा कानुनी समस्या नहुने स्पष्टता दिइएको छ, किनकि प्रतिनिधि सभा निर्वाचनका लागि छुट्टै ऐन छ।

संसद विघटन र आयोगको तयारी

संसद विघटन र सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहे पनि आयोगले अदालतको आदेशअनुसार चल्ने तयारी गरेको छ। भण्डारीले संसद पुनःस्थापना भए पनि अहिले तयारी भइरहेका सामग्री आगामी निर्वाचनमा प्रयोग गर्न सकिने बताएका छन्।

जेन-जी आन्दोलनको जगमा हुन लागेको यो निर्वाचन विशेष भएकाले आचारसंहिता यसपटक कडा र व्यवहारिक दुवै हुनेछ। आचारसंहितालाई कानुन र नीतिभन्दा पनि अग्रगामी बनाएर कडाइका साथ लागू गरिने भण्डारीले बताए।

यो समाचारमा

सर्वोच्च अदालतप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...