मिस्टिक माउन्टेन टेनिस आजदेखि हुँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

9
Share
Featured
  • होटल मिस्टिक माउन्टेनले आयोजना गरेको ग्रान्ड ओपन टेनिस प्रतियोगिता सातदोबाटो टेनिस कम्प्लेक्समा मंगलबारदेखि सुरु हुँदैछ।
  • प्रतियोगितामा ७ उमेरसमूह र २ खुला स्पर्धा गरी जम्मा १६ स्पर्धामा खेल हुनेछ, जसमा यु–८ देखि यु–१६ सम्मका ब्वाइज/गल्र्स र खुला पुरुष/महिला सिंगल्स समावेश छन्।
  • प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुनेछन् र कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ तोकिएको छ।
  • पहिलो संस्करणको तुलनामा पुरस्कार राशि दोब्बरभन्दा बढी वृद्धि गरिएको छ र प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आजबाट हुँदै छ । 

सोमबार सबै तयारी पूरा भएको प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ ।

प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स तथा ब्वाइज - गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुने छन् ।

दोश्रो संस्करणमा खुला स्पर्धा थपिएको हो । उमेरसमूहको सबै स्पर्धा पहिलो संस्करणमा पनि थियो । नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

पहिलो संस्करणको पुरस्कार राशीमा दोब्बर भन्दा बढीले बृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...