बाजुरामा खेत जोत्न हाते ट्याक्टर, प्रविधिमैत्री बन्दै कृषक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार ०९:३५

12
Share
Featured
  • बाजुराका कृषकहरूले परम्परागत गोरुको सट्टा हाते ट्याक्टरको प्रयोग गरेर खेत जोत्न थालेका छन्, जसले समय र श्रम बचत गर्छ।
  • हाते ट्याक्टरले खेत जोत्ने काम सहज र भरपर्दो भएकोले प्रविधितर्फ कृषकहरू आकर्षित भएका छन्।
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण केही किसानहरू आधुनिक प्रविधि प्रयोगमा चिन्तित भए पनि स्थानीय तह र कृषि ज्ञान केन्द्रले अनुदानमा सामाग्री उपलब्ध गराइरहेका छन्।
  • गोरु पाल्ने चलन क्रमिक रूपमा हराउँदै गएपछि किसानहरूले यातायात पहुँच भएका क्षेत्रमा हाते ट्याक्टरमा निर्भरता बढाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


पछिल्लो समय बाजुरामा खेत जोत्न हाते ट्याक्टरको प्रयोग गरिदैँ आएको छ । यहाँका ९ वटै स्थानीय तहका अधिकांस कृषकहरुले हाते ट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन् ।

पहिले–पहिले गोरुको भरमा खेती गर्ने यहाँका कृषकहरु अहिले नयाँ प्रविधिको प्रयोगबाट खेती गर्न थालेका हुन् । गोरुको सहायताले खेतबारी जोत्न बढि समयको खर्च हुने हुँदा समयको बचत र सहजताका लागी अधिकांस कृषकहरुले हाते ट्याक्टको प्रयोग गर्ने गरेका छन् ।

खेतवारी जोत्नका लागि गोरु र पाडाको भरपर्ने बाजुराका किसानहरु अहिले नयाँ प्रविधिसंग जोडिन थालेका छन् । प्रविधिको विकाससंगै छिटोछरितो खेतीका लागि जोत्ने प्रयोजनका लागि हाते ट्याक्टर निकै सुहाउँदो र भरपर्दो रहेको बडीमालिका नगरपालिका ९ का स्थानीय शंकर बहादुर विकले बताए ।

उनका अनुसार, हाते ट्याक्टरको सहायताले खेत जोत्न निकै सहज हुने हुँदा पछिल्लो समय बाजुराका कृषकहरु प्रविधितर्फ आकर्षित भएको बताए । केही वर्ष यतादेखि किसानहरुले हाते ट्याक्टरको माध्यमबाट खेत जोत्न थालेका छन् । घरघरमा गोरू पाल्न छोडेपछि प्रविधितर्फ धेकेलिनु परेको विकको भनाइ छ ।

केहि बर्ष अधिसम्म यहाँका किसानले खेतबारी जोत्न एक घरमा एक गोरु अनिवार्य पाल्दै आएकोमा अहिले अधिकांस कृषकले गोरु पाल्न छोडेकोले हाते ट्याक्टरको सहायता लिनु परेको अर्का स्थानीय बडीमालिका ७ का गणेश राज तिमिल्सेनाले बताए ।

प्रबिधिको विकाससंगै अहिले परम्परागत रुपमा गाईगोरु पाल्ने चलन क्रमिक रुपमा लोप नै भईसकेको छ ।गोरुले जोत्ने खेतबारीमा अहिले यहाँका कुना कन्दरामा हाते ट्याक्टर पुगेको तिमिल्सेनाको भनाइ छ । हाते ट्याक्टरले जोत्न सस्तो पर्ने भएकाले पनि पछिल्लो समय किसानहरु हाते ट्याक्टरप्रति बढी आर्कषित हुन थालेका छन् । 

हाते ट्याक्टरको सहायताले खेत जोत्ने गरे पनि अहिले पेट्रोलियम पदार्थको मुल्यवृद्वि भएपछि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका किसानहरु चिन्तित बनेका छन् । कृषि क्षेत्रमा काम गर्ने कृषकहरुलाई बाजुराका स्थानीय तह तथा कृषि ज्ञान केन्द्र बाजुराले अनुदानमा सामाग्री उपलब्ध गराउन थालेपछि यहाँका अधिकांस किसानका घरमा हाते ट्याक्टर पुगेका छन् ।

गोरु पाल्ने चलन हराउँदै गएपछि किसानहरु नयाँ प्रविधिमा निर्भर हुनु परेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । यातायात राम्रोसँग नचल्ने ठाउँमा गाईबस्तु पाल्ने गरेको भए पनि यातायातको पहुँच पुगेका अधिकांस ठाउँमा प्रविधिको प्रयोगले खेत जोत्ने गरिएको साहनीको भनाइ छ ।

यो समाचारमा

बाजुराकाठमाडौँ

ट्यागहरू

#किसान#बाजुरा जिल्ला#कृषक#प्रविधि#बाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू