राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन् : मन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

16
Share
Featured
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको समाचारको पूर्ण असत्यता बताएका छन्।
  • उनले सामाजिक संजालमार्फत प्रसारित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका छन्।
  • जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध रहेको र उनी तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै निरन्तर क्रियाशील रहेको उनले स्पष्ट पारे।
  • मन्त्री पदबाट नयाँ राजनीतिक दल खोल्न राजीनामा दिन लागेको भन्ने आशयका समाचार पूर्णतया गलत भएको घिसिङले प्रष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताएका छन् । 

सोमबार अपरान्ह सामाजिक संजालमार्फत उनले मन्त्री पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

उनले भनेका छन्,‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’

नयाँ राजनीतिक दल खोल्न मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने आसयका समाचारहरुप्रति घिसिङले प्रष्टिकरण दिएका हुन् । 

यो समाचारमा

काठमाडौँकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...