धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

11
Share
Featured
  • जनकपुरधामसहित धनुषा जिल्लाभरका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले ८ सुत्रीय मागसहित प्रदर्शन गर्दै रामानन्द चोकमा सडक अवरुद्ध र निजी अस्पताल अगाडि नाराबाजी गरेका छन्।
  • तलब स्केल लागू गर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाएर लोक सेवा आयोगबाट विज्ञापन गर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षा सुनिश्चित गर्ने, र हप्तामा अधिकतम ४२ घण्टा मात्र काम गर्ने व्यवस्था लागू गर्ने माग राखिएको छ।
  • मन्त्रालयले सूचना जारी गरे पनि निजी अस्पतालहरूले कार्यान्वयन नगरेको र स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको कारण उनीहरू बाध्य भएर आन्दोलनमा उत्रिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनकपुरधामसहित धनुषा जिल्लाभर निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

८ सुत्रीय मागसहित आन्दोलनका पूर्व घोषित कार्यक्रम अनुसार उनीहरुले आज जनकपुरधामको प्रवेशस्थल रामानन्द चोकमा सडक अवरुद्ध गर्नुका साथै निजी अस्पतालहरु अगाडि नाराबाजी गरेका छन् ।

उनीहरुले हाम्रो रगत चुस्न पाइँदैन, हामी रोगी हौं सरकार उपचार गर, हाम्रो अधिकार खोस्न पाईंदैन, हाम्रो पेसाको सम्मान गर, हामी भोकै काम गर्न सक्दैनौ, वी वान्ट जस्टिस, १२ हजारले घर चल्दैन लगायतका नारा लगाएका थिए ।

उनीहरुले नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग राखेका छन् ।

मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र बाध्य भएर आन्दोलनमा ओर्लिनु परेको उनीहरुको भनाई छ ।

यो समाचारमा

काठमाडौँनेपालधनुषाजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...