वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

12
Share
Featured
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • श्रेष्ठले पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ।
  • आयोगको अनुसन्धानमा उनका पारिश्रमिक, भत्ता, परिवारका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमण आदि अनुसार नबुझिने सम्पत्ति फेला परेको र झूटो वार्षिक सम्पत्ति विवरण पेश गरेको प्रमाण पाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबुझिने सम्पत्ति फेला परेको आयोगले जनाएको छ।

श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत रहँदै आएका थिए ।  श्रेष्ठले आफ्नो वार्षिक सम्पत्ति विवरणमा सम्पूर्ण सम्पत्ति नखुलेको, झूटो विवरण पेश गरेको र लुकाएको प्रमाण फेला परेपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफा अनुसार कारबाहीका लागि मुद्दा दायर गरेको जनाएको छ ।

यो समाचारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगइलामकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...