जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

9
Share
Featured
  • जनकपुरधाममा मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि मैथिली विकास कोष द्वारा आयोजित सामाचकेवा महोत्सव सम्पन्न भएको छ।
  • विभिन्न जिल्ला तथा क्षेत्रका १४ टिमका महिलाहरूले महोत्सवमा सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत गायन गरेका थिए।
  • कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार, नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्य पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको हो।
  • महोत्सवमा जानकी मन्दिरका महन्थ, समाजसेवी, बुद्धिजिवी, साहित्यकार, सञ्चारकर्मी र जनकपुरवासीको भव्य उपस्थिती रहेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनकपुरधाममा सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास कोषले विगतको वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ ।

आइतबार साँझ ऐतिहासिक जनकी मन्दिरको प्राङ्गणमा महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले महोत्सवमा भाग लिएका थिए । उनीहरुले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत गायन गरेका थिए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको बताए । उनले सामाचकेवा केवल पर्व मात्र नभइ मिथिला संस्कृतिको अमूल्य धरोहर रहेकोमा जोड दिए ।

सामाचकेवा पर्व मिथिलाञ्चल क्षेत्रमा मनाईन्छ । यो पर्वले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ ।

महोत्सवमा जानकी मन्दिरका महन्थ, जनकपुरधामका समाजसेवी, बुद्धिजिवी, साहित्यकार, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका पदाधिकारीसहित जनकपुरवासीको भव्य उपस्थिती रहेको थियो ।

यो समाचारमा

काठमाडौँजनकपुरजनकी मन्दिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...