नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

15
Share
Featured

काठमाडौँ


दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो। 

गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकासोमै भए पनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ। यस दिन ७२ कम्पनीको सेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा निकै कम हो। सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन्। उपसमूह सूचकांकमा पनि मिश्रित प्रभाव देखिएको छ। १३ मध्ये ६ उपसमूहको सूचकांक बढेको छ भने ७ उपसमूह घटेका छन्। व्यापार उपसमूह ०.९३ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रहँदा जलविद्युत र जीवन बीमा उपसमूह १.०५ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित बने। यस दिन मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। 

त्यस्तै, ९ प्रतिशत नेपाल एसबीआई बैंक लिमिटेड ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत र एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। उता, कारोबारमा समावेश इष्टर्न हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स ३७ करोड ६८ लाख रुपैयाँसहित शीर्षमा रह्यो भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट करिब ३४ करोड रुपैयाँ र राधी विद्युत कम्पनी साढे २४ करोड रुपैयाँभन्दा बढी कारोबार रकमसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। समग्रमा, बजार पछिल्लो उकासोपछिको स्वाभाविक सुधार चरणमा प्रवेश गरेको विश्लेषण गरिन्छ।

यो समाचारमा

काठमाडौँनेपाल एसबीआई बैंक लिमिटेडएभरेष्ट बैंक लिमिटेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...