लेखक सचित राईसहित दुई जनालाई रवि महाभाराको सम्मान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

18
Share
Featured
  • रवि महाभारा समाजले लेखक तथा पत्रकार सचित राई र समाजसेवी अमृता राई लाई नागरिक सम्मान २०८२ बाट सम्मानित गरेको छ।
  • वार्षिक साधारणसभाको अवसरमा समाजका सल्लाहकार चन्द्रप्रकाश थापा ले सम्मानपत्र प्रदान गरेका थिए र अध्यक्ष दिलेन्द्र मुकारुङ राई ले माला पहिराएका थिए।
  • सचित राईले साहित्य, शिक्षा र सञ्चार क्षेत्रमा अढाई दशकदेखि सेवा पुर्याएका छन् भने अमृता राईले समाजसेवा र सल्लाहकारका रूपमा तन, मन, धन र कर्मद्वारा योगदान दिएकी छन्।
  • सोही सभाले रेखा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ, जसमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र अन्य सदस्यहरू समावेश छन्, र संस्था इलाम र पाँचथर क्षेत्रका नागरिकहरूमार्फत सञ्चालन हुँदै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रवि महाभारा समाजले लेखक तथा पत्रकार सचित राई र समाजसेवी अमृता राईलाई नागरिक सम्मान २०८२ बाट सम्मान गरेको छ ।

उक्त संस्थाको वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो । 

समाजका सल्लाहकार चन्द्रप्रकाश थापाले सम्मानित दुवै जनालाई सम्मानपत्र प्रदान गरेका थिए । अध्यक्ष दिलेन्द्र मुकारुङ राईले माला पहि-याइदिएका थिए । 

सचितले साहित्य, शिक्षा तथा सञ्चार क्षेत्रबाट समाज र राष्ट्रका लागि सेवा पु-याएको उक्त योगदानको उच्च मूल्यांकन गरिएको सम्मानपत्रमा उल्लेख छ । इलाम माङसेबुङ गाउँपालिकाका उनका अनुसन्धानमूलक कृति ‘माङखिम’, कविता संग्रह ‘अर्को भ्रम’, अन्तर्वार्ता संग्रह ‘नयाँ नेपाल’ र गीति एल्बम ‘पूर्व जाने हो...’ प्रकाशित छन् । सचित करिब अढाई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । पाँचथर मिक्लाजुङ गाउँपालिकाकी अमृताले उक्त संस्थाको सल्लाहकार तथा आजीवन सदस्य रही तन, मन, धनका साथै कर्मद्वारा समाजका लागि योगदान पु-याएको सम्मानपत्रमा उल्लेख छ ।

संस्थाको सोही वार्षिक साधारणसभाले रेखा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमध्ये उपाध्यक्ष हरि दाहाल, महासचिव प्रकाश खड्का, सचिव रोशन बान्तवा राई र कोषाध्यक्ष ज्योति केसी छन् । यस्तै कविराज राई, ललिता आङ्देम्बे राई, गणेश राई, कल्पना राई, तोया भट्टराई र भीमबहादुर तामाङ सदस्य छन् । यस संस्थामा इलाम र पाँचथरको पानीढलोमा पर्ने रवि महाभारा क्षेत्रबाट काठमाडौं आई बसोबास गर्ने दुई जिल्लाका नागरिक आबद्ध छन् ।

यो समाचारमा

माङसेबुङ गाउँपालिकाकाठमाडौँपाँचथरइलाम
मिक्लाजुङ गाउँपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...