सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

17
Share
Featured
  • राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने अन्तिम चरणमा पुगेको जनाउँदै केही दिन सेवामा समस्या आउन सक्ने जानकारी दिएको छ।
  • नयाँ प्रणालीको कारण एपोइन्टमेन्ट खुल्न नसक्ने र आवेदन तथा वितरण प्रक्रियामा अवरोध देखिएको छ, तर लामो समय सेवा अवरुद्ध नहुने र समस्या समाधानका उपायहरू तत्काल कार्यान्वयन भइरहेको छ।
  • आगामी मङ्सिर २ गतेदेखि बेलुका ४ बजेदेखि राति १० बजेसम्म दिनभरका अवरुद्ध ११,००० एपोइन्टमेन्ट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
  • विभागले नागरिकलाई धैर्य राख्न, आधिकारिक माध्यममार्फत मात्र सम्पर्क गर्न र अवैध शुल्क माग गर्ने दलालबाट सचेत रहन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राहदानी विभागले नयाँ राहदानी प्रणालीमा रूपान्तरणको अन्तिम चरणमा रहेको जनाउँदै केही दिन राहदानी सेवामा समस्या हुन सक्ने जानकारी गराएको छ । विभागका अनुसार २०८२ साल फागुनदेखि सञ्चालनमा आउने गरी नयाँ पासपोर्ट सेवा तथा पूर्वाधार निर्माण कार्य सुरु भएको छ ।

नयाँ प्रणाली लागू गर्ने प्रक्रियाका कारण हाल सञ्चालनमा रहेका सेवाहरूमा सीमित प्रभाव परेको राहदानी विभागले स्पष्ट पारेको छ । यसैक्रममा केही नागरिकलाई एपोइन्टमेन्ट सल्ट खुल्न नसक्ने तथा आवेदन र वितरण प्रक्रियामा अवरोध देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार सेवा अवरुद्ध लामो समयसम्म नहुने र समस्या समाधानका उपायहरू तत्काल कार्यान्वयन भइरहेको छ । सोही अनुरूप, आगामी मङ्सिर २ गतेदेखि बेलुका ४ बजेदेखि राति १० बजेसम्म दिनभरका अवरुद्ध ११,००० सम्मका एपोन्टमेन्ट सल्ट क्रमशः संचालनमा ल्याउने तयारी गरिएको छ ।

विभागले सेवा प्रभावित हुनुपर्ने बाध्यताप्रति क्षमा माग्दै नागरिकलाई सहयोग र धैर्यताको आग्रह गरेको छ । साथै, राहदानी सम्बन्धी कुनै जानकारी, समस्या वा गुनासोका लागि विभागको आधिकारिक सम्पर्क माध्यममार्फत मात्र सम्पर्क गर्न आग्रह गरिएको छ ।

राहदानी विभागले फोहोर सूचना वा अवैध शुल्क माग गर्ने दलाल गतिविधिबाट सचेत रहन नागरिकलाई विशेष रूपमा ध्यानाकर्षण गराएको छ । विभागले अधिकारिक व्यक्तिबाट मात्र सेवा प्राप्त गर्न आग्रह गर्दै अनधिकृत व्यक्तिहरूबाट टाढा रहन आग्रह गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...