यातायात विभागको अनलाइन सेवा आंशिक रूपमा पुनः सुरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

12
Share
Featured
  • जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त यातायात व्यवस्था विभागको सूचना प्रविधि पूर्वाधार मर्मत भएपछि आइतबारदेखि यातायातसम्बन्धी सरकारी सेवाहरू आंशिक रूपमा पुनः सुरु भएका छन्।
  • काठमाडौँ उपत्यकाका कार्यालयहरूबाट स्मार्ट लाइसेन्स नवीकरण र लाइसेन्स भेरिफिकेसन सेवा उपलब्ध गराउन सुरु गरिएको छ।
  • विभागले उपत्यकाबाहेकका अन्य कार्यालयहरूमा पनि चाँडै अनलाइन प्रणाली पुनः सुचारु गर्न र नेटवर्किङ तथा बायोमेट्रिक्स उपकरण तयार राख्न निर्देशन दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सूचना प्रविधि पूर्वाधार क्षतिग्रस्त भएपछि अवरुद्ध भएका यातायातसम्बन्धी सरकारी सेवाहरू आइतबारदेखि आंशिक रूपमा पुनः सुरु भएका छन्।

विभागका अनुसार क्षतिग्रस्त डेटा सेन्टर, विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) र सवारी दर्ता प्रणालीको मर्मत कार्य सम्पन्न भएसँगै काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूबाट केही सेवा सञ्चालनमा आएका हुन्। हाल नवीकरण तथा लाइसेन्स भेरिफिकेसन सेवा सुरु गरिएको विभागले जनाएको छ।

यससँगै विभागले उपत्यकाबाहेकका अन्य यातायात व्यवस्था कार्यालयहरूमा पनि चाँडै अनलाइन प्रणाली पुनः सुचारु गर्न आवश्यक तयारी गर्न निर्देशन दिएको छ। साथै, कार्यालयहरूलाई नेटवर्किङ, बायोमेट्रिक्सलगायत उपकरणहरू तयारी अवस्थामा राख्न भनिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...