शिक्षा मन्त्रालयको शिक्षातर्फको सेवा सिंहदरबारबाटै सुरु, विज्ञानतर्फ दुवै स्थानबाट

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

14
Share
Featured
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सिंहदरबारस्थित आफ्नै भवनबाट शिक्षासम्बन्धी सेवाहरू पुनः सञ्चालन गरेको छ।
  • जेनजी आन्दोलनका क्रममा आगलागी भएपछि यी सेवाहरू पहिले केशरमहलबाट सञ्चालन हुँदै आएका थिए।
  • विज्ञानतर्फका सेवाहरू भने हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन भइरहेका छन्, किनभने सिंहदरबार भवनमा मर्मत कार्य जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सिंहदरवारस्थित आफ्नै भवनबाट शिक्षातर्फका सेवाहरू सुचारु गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो।

जेनजी आन्दोलनका क्रममा मन्त्रालयको भवनमा आगलागी भएपछि सबै सेवा केशरमहलबाट सञ्चालन हुँदै आएका थिए।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, "मन्त्रालयबाट प्रवाह हुने सेवा २०८२/०५/३१ गतेदेखि केशरमहलबाट हुँदै आएकोमा २०८२/०७/१६ गते दिनको ३ बजेदेखि शिक्षातर्फका महाशाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।"

यद्यपि, मन्त्रालयका अनुसार विज्ञानतर्फका महाशाखाबाट प्रवाह हुने सेवा भने हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुनेछ। सिंहदरबारस्थित भवनमा अझै मर्मतको काम भइरहेकाले दुवै ठाउँबाट कामकाज गरिने मन्त्रालयले जनाएको छ।

यो समाचारमा

काठमाडौँशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...