धरानका मेयर हर्क साम्पाङको 'श्रम संस्कृति पार्टी' लाई निर्वाचन आयोगले दियो आधिकारिकता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

22
Share
Featured
  • निर्वाचन आयोगले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ नेतृत्वको 'श्रम संस्कृति पार्टी'लाई औपचारिक मान्यता दिँदै अध्यक्ष साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ।
  • पार्टीको मुख्य कार्यालय काठमाडौं–४ मा रहेको छ, यसमा ५ पदाधिकारी र २८ केन्द्रीय सदस्य रहेका छन्, र चुनाव चिन्ह 'माटोको ढिस्को' तोकिएको छ।
  • मेयर साम्पाङले देश विकासमा श्रमको परिचालन र युवालाई सामाजिक अभियानमा जोड्ने लक्ष्यसहित पार्टी सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई नेतृत्वको 'श्रम संस्कृति पार्टी' लाई औपचारिक मान्यता प्रदान गरेको छ। आइतबार आयोगले पार्टी अध्यक्ष साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो।

आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको यस पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ।

आफ्नो दलले औपचारिक मान्यता पाएपछि मेयर साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताएका छन्। उनले युवाहरूलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रूपमा अघि बढाइने आफ्नो भनाइ राखे।

साम्पाङले धरान उपमहानगरपालिकाभित्र रहँदा मेयर र बाहिर निस्कँदा सामाजिक अभियान्ताका रूपमा प्रस्तुत हुने उल्लेख गरेका छन्। उनले गएको असोज ७ गते पार्टी दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दिएका थिए।

हाल 'श्रम संस्कृति पार्टी' मा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् भने यसको चुनाव चिन्ह 'माटोको ढिस्को' राखिएको छ।

यो समाचारमा

हर्कराज साम्पाङ राईकाठमाडौँकाठमाडौँ महानगरपालिकाधरान उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...