काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

15
Share
Featured
  • काठमाडौंको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको कालो टाउके दंगा चिल देखा परेका छन्।
  • नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार यी चराहरू सामान्यतया काठमाडौंमा पाइँदैनन् र सम्भवतः चीनतिरबाट बसाइँसराई गर्दै आएको अनुमान गरिएको छ।
  • शनिबार साँझ करिब ४ बजे करिब ४० वटा दंगा चिल देखा परे पनि आज बिहानसम्म संख्या घटेर ११ वटा मात्र बाँकी रहेको छ।
  • मौसम अनुकूल भएसँगै यी चराहरू लामो समय बस्दैनन् र प्रदूषण तथा फोहोरका कारण प्रायः एक–दुई दिनमै अन्य स्थानतर्फ उड्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक हिजो(नेभेम्बर १) दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।

नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा हालसालै पानीको मात्रा बढेर सफा देखिएको कारण शनिबार साँझ करिब ४ बजे सो बथान त्यहाँ देखा परेको हो ।

कार्कीका अनुसार ती चराहरू कालो टाउके दंगा चिल (द्यबिअप–जभबमभम न्गििक) हुन्, जुन सामान्यतया काठमाडौं उपत्यकामा पाइँदैनन् । 

‘यी चरा समुद्र र ठूलो पानी भएको क्षेत्रका हुन् । सम्भवतः चीनतिरबाट बसाइँसराई गर्दै न्यानो स्थान खोज्दै आएका हुन्,’ उनले भने ।

हिजो(शनिबार) बागमती किनारमा करिब ४० वटा दंगा चिल देखिए पनि आज बिहानसम्म संख्या घटेर ११ वटा मात्र बाँकी रहेको कार्कीले जानकारी दिए । मौसम अनुकूल भएसँगै ती चिलहरू अन्य स्थानतर्फ उड्ने अपेक्षा गरिएको छ ।

कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’

यो समाचारमा

बागमती नदीकाठमाडौँचरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...