बिपी राजमार्ग पहिरोपछि खुल्यो, स्थानीयले क्रसर उद्योग र ढुङ्गा खानी बन्दको माग

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

14
Share
Featured
  • लगातार वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको थियो, तर सडक सफाइपछि आइतबार बिहान ११:३० बजेबाट यातायात सुचारु भएको छ।
  • मुख्य अवरोध काभ्रेको चारसय बेँसी नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट आएको सुख्खा पहिरो र अन्य ठाउँका लेदोहरू थिए।
  • स्थानीय बासिन्दाहरूले ढुङ्गा खानी र क्रसर उद्योगले सडकमा पुर्याएको दीर्घकालीन क्षतिको समाधानका लागि कदम चाल्न माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वर्षाका कारण आएको पहिरो र लेदोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । आइतबार बिहान ११ः३० बाट सडक सञ्चालनमा आएको काभ्रेपलान्चोकको मंगलटार प्रहरीका असई पुष्कर श्रेष्ठले जानकारी दिए । लगातारको वर्षाको कारण तीनदिनदेखि अवरुद्ध सडक हिजो साँझदेखि सफा गर्न सुरु गरिएको थियो । 

वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्ने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएका श्रेष्ठले बताए ।  

बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिकास्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको थियो। यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो र लेदोले सडक अवरुद्ध पारेको थियो । 

सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका थिए भने केही सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंतर्फ गएका थिए । सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले सो राजमार्गमा क्षति पु-याउँदै आएको छ । 

गत असोज १८ र १९ गते को वर्षाको कारण रोशी खोलामा आएको बाढीले राजमार्गको अस्थायी डाइभर्सन बगाएको थियो । जसको कारण एक हप्तासम्म सडक अवरुद्ध भएको थियो । गत सालको असोज महिनामा आएको बाढीले सो राजमार्गमा ठुलो क्षति पुगेको छ । सो ठाउँमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको छ । 

बिपी राजमार्ग काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै तराई जोड्ने प्रमुख मार्गहरूमध्ये एक हो । यो मार्ग अवरुद्ध हुँदा काठमाडौँ–जनकपुर–बर्दिबास–इटहरीतर्फको सवारी सञ्चालनमा पनि असर पर्छ । त्यस्तै रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बुदेखि पूर्वको भोजपुरसम्म जाने यातायात साधन यही मार्ग भएर चल्ने गर्दछन् ।

स्थानीय बासिन्दाहरूले राजमार्ग आसपासमा ढुङ्गा झिक्दा र क्रसर उद्योग सञ्चालनले माटो कमजोर बनेको भन्दै दीर्घकालीन समाधानका लागि पहल गर्न माग गरेका छन् । मापदण्ड विपरीत सञ्चालन भएका ढुङ्गा खानी र क्रसर उद्योग बन्द गर्नु पर्ने उनीहरूको माग छ ।

यो समाचारमा

सोलुखुम्बुकाठमाडौँजनकपुरओखलढुङ्गा
रामेछाप7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...