दुर्गा प्रासाईद्वारा विदेशी फन्डिङमा आधारित एनजिओ–आइएनजिओको भण्डाफोर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

25
Share
Featured
  • मेडिकल व्यवसायी दुर्गा प्रासाईले एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गरेर समाजमा भ्रम, विभाजन र भ्रष्टाचार फैलाइरहेको आरोप लगाएका छन्।
  • उनले विगत राजनीतिक घटनाक्रम, डा. गोविन्द केसीको अनशन, विवेकशील पार्टी, उज्ज्वल थापा फाउन्डेसन, एनइडी र बारबरा फाउन्डेसनको भूमिका सार्वजनिक गर्दै वर्तमान सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन्।
  • प्रासाईले सबै नेपाली नागरिकलाई राष्ट्रियता जोगाउन, देशप्रेम र जागरुकतासँग अगाडि बढ्न अपिल गरेका छन् र यदि गिरोहले आत्मसमर्पण गरेन भने आगामी भिडियोमा थप भण्डाफोर गर्ने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्दै आम नेपाली जनतालाई सचेत गराएका छन् ।

उनले विगत तीन वर्षदेखि यस्ता गतिविधिहरू सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले उक्त भिडियो सावर्जनिक गरेका हुन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बीजारोपण गरिरहेको छन् । उनले जेनजी आन्दोलन र अन्य राजनीतिक गतिविधिहरूमा यस किसिमको हस्तक्षेप भएको दावी गर्दै, युवाहरूलाई भ्रमित बनाइएको उल्लेख गरेका छन् ।

यसअघि वि.स. २०१४ सालमा नेपाली कांग्रेस पार्टीको उदय भएदेखि २०७२ सालसम्म भएका राजनीतिक घटनाक्रम, पार्टी उदय र संविधान निर्माण प्रक्रिया पनि उनले प्रकाशमा ल्याएका छन् ।

उनले डा.गोविन्द केसीको अनशन, विवेकशील पार्टी, उज्ज्वल थापा फाउन्डेसन, एनइडी तथा बारबरा फाउन्डेसनको भूमिका सार्वजनिक गर्दै वर्तमान सरकारमा विदेशी प्रभाव रहेको आरोप लगाएका छन् ।

प्रसाईले सबै नेपाली नागरिकलाई राष्ट्रियता जोगाउने, देशप्रेम र जागरुकतासँग अगाडि बढ्न अपिल गर्दै भनेका छन् । यदि यस गिरोहले आत्मसमर्पण नगरेमा आगामी भिडियोमा थप कडा भण्डाफोर हुने र उनले यो अभियानमार्फत नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकारको स्थापना गर्न लक्ष्य राखेको बताएका छन् ।

यो समाचारमा

भक्तपुरकाठमाडौँदुर्गा प्रसाद प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...