कुलमानले खुलाए बञ्चरेडाँडाको अवरोध , १५ दिनभित्र स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

25
Share
Featured

 दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको  बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । 

 स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको  हो। 

कुलमान घिसिङ सहित आज बिहानै  काठमाडौँ  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए । 

ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए । 

समाचार सारांशGenerated using AI.

काठमाडौँ।  ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको  बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकास मन्त्रलय मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले बाताएका छन्।

 स्थानीयको माग सम्बोधन १५ दिन भित्र भएन भने फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस् भनेर मन्त्रीज्यूले नै भनेपछि हामीले फोहोर फाल्न दिएका हौँ । अहिले रोकिएको गाडीहरू बञ्चरेडाँडामा पुग्न थालिसके ,’ बजगाँइले भने ।

 कुलमान घिसिङ सहित आज बिहानै  काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए ।

 ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए ।  शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भएपनि निष्कर्ष विहीन हुन पुगेको थियो । काठमाडौँ महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ ।  ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।

यो समाचारमा

सहरी विकास मन्त्रलयकाठमाडौँकाठमाडौँ महानगरपालिकाकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...