विश्व पूर्ण शाकाहारी दिवस : पशुक्रुरता कम गराउन कार्यक्रम

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

11
Share
Featured
  • काठमाडौंको बौद्धमा विश्व भिगन दिवसको अवसरमा नेपाल एनिमल सेभले शाकाहार र सर्वप्राणी करुणा प्रवद्र्धन गर्न कला प्रदर्शनी, सांगीतिक कार्यक्रम र प्यानल छलफल आयोजना गरेको थियो, जसमा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता, कलाकार र विदेशी नागरिकहरू सहभागी भएका थिए।
  • प्रदर्शनीमा ४० भन्दा बढी कलाकृतिहरू राखिएका थिए जसले पाल्तु र वन्य जनावरको दुःख, मानव गतिविधि र जलवायु परिवर्तनका प्रभाव चित्रण गरेका थिए; चित्रकला बिक्रीबाट प्राप्त रकम प्राणी कल्याणका लागि प्रयोग गरिनेछ।
  • कार्यक्रममा शाकाहार, अहिंसा र जनावर अधिकारबारे प्यानल छलफल, प्रस्तुति, संगीत र स्थानीय भिगन रेस्टुरेन्टका स्टलमार्फत वनस्पतिजन्य भोजन अनुभव गराइयो; सहभागिहरूलाई करुणामय जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको बौद्धमा सर्वप्राणी करुणा र शाकाहारको प्रवद्र्धनको उद्देश्यसाथ कला प्रदर्शनी र सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । विश्व भिगन दिवसको सन्दर्भमा नेपाल एनिमल सेभ नामक संस्थाले सो कार्यक्रम आयोजना गरेको हो।

काठमाडौँ बौद्धस्थित उत्पला क्याफेको चौरमा आयोजित सो कार्यक्रममा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता र कलाकार उपस्थिति थियो। विदेशी नागरिकहरूको पनि कार्यक्रममा सहभागिता देखिन्थ्यो।

माछामासु र दहीदुधमात्र नभई तिनका छाला, रौँ, हाड र प्वाँखसमेत प्रयोग नगर्ने शाकाहारीहरूलाई भिगन (पूर्ण शाकाहारी) भन्ने गरिन्छ। बढ्दो पशुजन्य उद्योग र उपभोगले जलवायु परिवर्तन बढाउने चेतावनी पछिल्लो समय वैज्ञानिकहरूले समेत दिएको सन्दर्भमा पशुक्रुरता समेत कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येकी एक शोभा भुजेलले बताइन्। खासगरी पश्चिमा जगतमा पछिल्लो समय दहीदुधमात्र नभई माछामासुमसेत नखाने अभियान बढ्दो छ।

प्रदर्शनमा ४० भन्दा बढी कलाकृति (पेन्टिङ) प्रदर्शन गरिएका थिए, जसले पूर्ण शाकाहारका विभिन्न आयाम—पाल्तु र वन्य जनावरको दुःखदेखि लिएर मानव गतिविधि र जलवायु परिवर्तनका प्रभावसम्म—चित्रण गरेका थिए। सबै कलाकृतिमा जनावर र पृथ्वीप्रति मानव सम्बन्धबारे आत्मचिन्तन, करुणा र संवादको आह्वान थियो। प्रदर्शनमा राखिएका चित्रहरूको कार्यक्रममै बढाबढमा बिक्रीसमेत गरिएको थियो। चित्रकला बेचेको रकम प्राणी कल्याणका लागि प्रयोग हुने बताइयो। 

संगीत, नृत्य, प्रस्तुति र शाकाहारसम्बन्धी प्रदर्शनीले कार्यक्रमलाई सिर्जनात्मक बनाएको थियो। अहिंसा एक्टिभिस्टहरूको संगम बनेको थियो कार्यक्रम। लभिङ हार्ट भिगन रेस्टुरेन्ट, द ह्वाइट लोटस भिगन क्याफे र भिगन फुड एन्ड बेभरेज हाउसजस्ता स्थानीय रेस्टुरेन्टका शाकाहारी खाद्य स्टलहरूले सहभागीहरूलाई स्वादिष्ट  वनस्पतिजन्य भोजनको अनुभव दिएका थिए।

कार्यक्रममा ‘आर्ट र एक्टिभिजम’ शिर्षकको प्रभावशाली प्यानल छलफल पनि चलाएको थियो, जहाँ जसले विभिन्न खालका कलाक्षेत्ररमंच कसरी करुणा र जनावर अधिकार प्रवद्र्धनका माध्यम बन्न सक्छन् भन्नेबारे विचार–विमर्श गरियो । यसका प्रमुख वक्तामध्ये थिए, कृष्ण गुरुङ — जो आफैँ नेपालका थोरै प्राणी अधिकार अभियन्तामध्ये एक हुन्। अहिंसाका पक्षमा गीत रचेका उनी कुशल ग्राफिक डिजाइनरसमेत हुन्। उनी हाल जनावरहरूको कथालाई उजागर गर्ने छोटो डकुमेन्ट्रीमा काम गर्दै छन्। कार्यक्रममा गुरुङले आफ्नो झन्डै तीन दशकको पूर्ण शाकाहारी यात्राबारे उल्लेख गरे। 

नेपाल भिगन ग्यालरीका संस्थापकसमेत रहेका परम्परागत थाङ्का कलाकार रवि थापाले प्यानल डिस्कसनमा बताए, ‘दया धर्तीको अमूल्य निधी हो। यसलाई जगाउन सके संसार झनै सुन्दर हुनेछ।’ मल्टीडिसिप्लिनरी आर्टिस्ट अविशमान शाक्यले कार्यक्रममा बोल्दै अहिंसा र शाकाहारको पक्षमा सक्दो प्रयास सबैले गर्नुपर्ने बताए। अभिनेत्री सरिता राजोपाध्यायले काजु, बदाम र भटमासबाट सहजै दही दूध बनाएर खान सम्भव रहेको बताइन्। भनिन्, ‘सिक्दै र खाँदै जाँदा वनस्पतिको दही दूध झनै मिठो हुन थाल्यो।’

प्यानलका अतिरिक्त, ‘शाकाहार तर्काधार’ नामक ‘ग्राउन्डब्रेकिङ’ पुस्तकका पुस्तकका लेखक रघु आदित्यले शाकाहारको दर्शन र नैतिक जीवनशैलीको महत्वबारे कार्यक्रममा विशेष प्रस्तुति दिए। कार्यक्रममा बोल्दै उनले भने, ‘समाजमा आत्मविश्वासका साथ बोल्दा जेसुककै पनि सहजै ‘बिक्ने’ र सत्य फैलाउनचाहिँ कठिन छ। तर सत्यको पक्षमा हामी बोलिरहनुपर्छ। अहिंसा सत्य र सत्मार्ग हो।’

‘कार्यक्रमको उद्देश्य गैरमानव प्राणीको पीडा उजागर गर्नु, तिनको व्यथा सुनाउनु र मानिसहरूलाई करुणामय जीवनशैलीतर्फ प्रेरित गर्नु हो,’ आयोजकमध्ये एक दिपेश श्रेष्ठले बताए। नेपाल भिगन ग्यालरी तीन वर्षयता निरन्तर एक सिर्जनात्मक मञ्चको रूपमा विस्तार हुँदै आएको छ। कलालाई सहानुभूति र करुणासँग जोड्दै सबै प्रजातिको शोषणमुक्त विश्वको कल्पना गर्न मानिसलाई उत्प्रेरित गर्छ। सो कार्यक्रम सफल पार्न उत्पला क्याफे, थ्राइभ फिलान्थ्रोपीले सहयोग गरेका हुन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...